NRN
महिला अन्तर्राष्ट्रिय टी-२० : नेपाल लगातार चौथौ खेलमा पराजित

महिला अन्तर्राष्ट्रिय टी-२० त्रिकोणात्मक सिरिजमा नेपाल लगातार चौथौ खेलमा पराजित भएको छ ।

मंगलबार कीर्तिपुरस्थित त्रिवि मैदानमा नेपालमाथि थाइल्यान्डले ५ रनको रोमाञ्चक जित निकाल्न सफल भयो । आज थाइल्यान्डसँग हार व्यहोरेसँगै नेपालको उपाधि होड समाप्त भएको छ ।

यसअघि नेपालले नेदरल्यान्ड्सका दुवै खेल तथा थाइल्यान्डविरूद्धको पहिलो खेल गुमाएको थियो ।

कीर्तिपुर मैदानमा मंगलबार थाइल्यान्डले दिएको १०७ रनको सामान्य लक्ष्य पछ्याए पनि नेपालले ८ विकेटको क्षतिमा १०१ रन मात्र जोड्न सक्यो ।

नेपालकी कविता जोशीले २४ रनमा आउट हुन पुगेकी थिइन् । उनले २० बलमा ३ चौका र १ छक्का प्रहार गरिन्।

अलिसा यादव शून्यमा रनआउट हुन पुगिन् । रोमा थापाले १९ रन जोडिन् । पूजा महतोले १८ रन र रुबिना क्षेत्रीले २६ रन जोडे । बलिङमा थाइल्यान्डका लागि पुथ्थावाङले ४ विकेट लिन सफल भइन् । 

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको थाइल्यान्डले ६ विकेटको क्षतिमा १०६ रन जोड्यो ।

अब सिरिजमा नेपालले भोलि नेदरल्यान्ड्स र शुक्रबार थाइल्यान्डसँग खेल्नेछ ।

प्रकाशित मिति: मंगलबार, माघ २२, २०८१  १५:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update