त्रिकोणात्मक श्रृंखला : नेपाल र नेदरल्याण्ड्स खेल्दै

महिला त्रिकोणात्मक टी ट्वान्टी आई सिरिजको चौथो खेलमा आज नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदैछ ।
कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा खेल दिउँसो १२ः१५ बजे सुरु हुनेछ । यस सिरिजमा भने दुवै टोलीको यो तेस्रो खेल हो ।
सिरिजको पहिलो खेलमा नेपाल नेदरल्याण्ड्स र शनिबार थाइल्याण्डसँग पराजित भएको थियो ।
पहिलो खेलमा नेपाललाई पराजित गरेको नेदरल्याण्ड्स दोस्रो खेलमा थाइल्याण्डसँग पराजित भएको थियो । दुवै टोली सिरिजमा दोस्रो पटक आमने सामने हुँदैछन् ।
नेपाली महिला टोली
इन्दु बर्मा(कप्तान), बिन्दु रावल, सम्झना खड्का, कविता कुवँर, ममता चौधरी, पुजा महतो, राजमती ऐरी, रुविना क्षेत्री, कविता जोशी, रोमा थापा, मनिषा उपाध्याय, अलिसा कुमारी यादव, रेवती धामी, इश्वरी बिष्ट र सिता राना मगर
प्रकाशित मिति: आइतबार, माघ २०, २०८१ १२:१०
प्रतिक्रिया दिनुहोस्