NRN

- राजन घिमिरे

गायक विकास मानन्धरको पहिलो गीत ‘मन’को भिडियो सार्वजनिक भएको छ। गीतमा गायक विकासकै शब्द र संगीत छ। गीत कोविद बज्रको बज्र क्रिएसन रेकर्डसमा रेकर्ड गरिएको हो। विकासकै युट्यब च्यानल विकास मानन्धरबाट सार्वजनिक गीतको भिडियोमा विकाससँगै सुबास सुनुवार, महेश मानन्धर र मनिष महर्जनको अभिनय छ। भिडियोमा सरोजकुमार चौहानको निर्देशन, छायांकन र सम्पादन, रेनिस फागोको कलर ग्रेडिङ, राकेश दाहालको पब्लिसिटी डिजाइन र शिखा मानन्धरको डिजिटल ग्राफिक डिजाइन छ।

गायक विकासले गीतले मानव हृदयको चञ्चल र परिवर्तनशील स्वभावलाई आत्मीय रूपमा चित्रण गरेको बताए। ‘गीतमा खुशी, दुःख, उत्साह र निराशाजस्ता भावना बीचको यात्रा र ती सबै भावनाहरूलाई सन्तुलनमा ल्याउने प्रक्रियालाई देखाइएको छ’, उनले भने, ‘भिडियोमार्फत हामीले आफ्नो दैनिक जीवनको थकानबाट आजित एक व्यक्तिको कथा देखाएका छौं, जसले आफ्ना साथीहरूसँग पुनः मिलन गरेर आनन्द र ताजगी अनुभव गर्छ। गीतले मित्रताको सुन्दरता र त्यसबाट आउने नवीन उर्जालाई प्रस्तुत गरेको छ।’ नेपालको मकवानपुरस्थित हेटौडा घर भएका विकास हाल अष्ट्रेलियाको ब्रिसबेनमा बस्दै आएका छन्।

प्रकाशित मिति: बुधबार, माघ २, २०८१  १०:४२
प्रतिक्रिया दिनुहोस्
Weather Update