काठमाडौ, सामाजिक विकास संघ, बनस्थली चोक, काठमाण्डौं । स्वास्थ्य, शिक्षा, कृषि तथा विकास समाज (Heads Nepal) को ३३ औं वार्षिक साधारण सभा (आस्विन ३) गते विभिन्न कार्यक्रमहरू आयोजना गरी सम्पन्न भएको छ। यस अवसरमा संस्थाका वर्तमान अध्यक्ष दिलिप देवकोटाको अध्यक्षता रहेको सो सभामको प्रमुख अतिथिमा माननीय गणेश पराजुली र विशेष अतिथिमा पूर्व गभर्नर दीपेन्द्र बहादुर क्षेत्री हुनुहुन्थो ।
साथै पुूर्व मन्त्री, यस संस्थाका अग्रज कृष्ण भण्डारी लागायत विभिन्न व्यक्तित्त्वहरुले आफ्नो मन्तब्य राख्नु भएको थियो । त्यसैगरी निवर्तमान अध्यक्ष ईश्वर चन्द्र बानियाँले संस्थाको बारेमा जानकारी दिनु भएको थियो । प्रमुख अतिथि लगायत सम्पूर्ण वक्ताहरूले यो परोपकारी संस्था ले गर्दै आएका कामहरुको प्रशंसा गर्दै अझै सशक्त रूपमा अगाडि बढ्न प्रेरणा र हौसला प्रदान गर्नु भएको थियो ।
साथै संस्थाका अध्यक्ष दिलिप देवकोटाले आफ्नो कार्यकालमा भई रहेका गतिविधिहरूलाई जोड दिदैँ आगामी दिनमा संस्थालाई अझै उचाइमा पुर्याउनका लागि अगाडि बढ्ने दृढ प्रतिवद्धता व्यक्त गर्नु भएको थियो। कार्यक्रममा स्वागत मन्तव्य यस संस्थाका वरिष्ठ उपाध्यक्ष दिव्यराज पौडेलले दिनुभएको थियो भने कार्यक्रम संचालन यस संस्थाका सचिव हिमा ढकालले गर्नु भएको थियो । कार्यक्रम सभ्य र भव्य भएको थियो ।


