NRN
चलचित्र “द्रौपदी” चैत्र ८ देखि विश्वभर प्रदर्शन हुने

- राजन घिमिरे

आर बि मुभिजको ब्यानरमा निर्माण भएको मौलिक नेपाली चलचित्र द्रौपदी आउदो चैत्र ८ देखि विश्वभर प्रदर्शन हुँदैछ । चलचित्रका लेखक/ निर्देशक ऋषिराज आचार्यले अनुसार अमेरिका र अस्ट्रेलिया लगायतका देशहरुमा प्रदर्शनका लागि कुरा भैरहेको बताएका छन् । चलचित्रमा आश्विनी शाही , रबि ओड , जेल्सन अधिकारी, सुजाता तिमल्सिना , कबिराज भाम, प्रकाश ज्ञवाली , सीता बौडेल , बिस्णु ठडराई , सुरज अधिकारी साथमा ऋषिराज आचार्यको अभिनय रहेको छ । चलचित्रमा संगीत रबि ओडको रहेको छ भने निर्मातामा ऋषिराज आचार्य र प्रकाश ज्ञवाली छन् ।

द्रौपदीको पार्स्व सङ्गीत सौरभ शर्मा बस्याल ,सम्पादन अनिल महर्जन, कला बिजय आचार्य , छायांकन मोहन कुमार झिल्लु ,सह निर्देशन ऋतु आचार्य, मु.स.निर्देशन :सुजाता तिमल्सिना / महेश्वर आचार्य , छायांकन मोहन कुमार झिल्लु र सम्पादन अनिल कुमार महर्जनको रहेको छ । चलचित्रको बितरण कम्पनी एप्पल इन्टरटेनमेन्ट ,रिच इन्टरटेन्टमेन्ट र एफ डि कम्पनी हुन ।

चलचित्र द्रौपदी डोल्पाको से फोक्सुन्डो लगायत विभिन्न रमणीय स्थलहरुमा छायांकन गरिएको हो । चलचित्रको कथा महाभारतकी पात्र द्रौपदी या नेपालको कुनै कथा हो खुलाइएको छैन । चलचित्र अन्तर्राष्ट्रिय बजारलाई समेत मध्यनजर गरेर बनाइएको बताइएको छ । चलचित्रले नेपालीपनको आभास गराउने र एक पृथक कथा भन्ने बताइएको छ ।

प्रकाशित मिति: मंगलबार, पुस २, २०८१  ०७:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update