
नेपाल प्रिमियर लिग (एनपिएल) मा लुम्बिनी लायन्सले कप्तान रोहितकुमार पौडेलको अलराउन्डर प्रदर्शनमा पहिलो जित दर्ता गराएको छ ।
यसअघि लगातार चार खेलमा पराजित भएको लुम्बिनीले आफ्नो पाँचौ खेलमा पहिलो जित दर्ता गराएको हो ।
लुम्बिनीले मंगलबार चितवन राइनोजलाई ३३ रनले पराजित गरेको हो । जारी प्रतियोगिता चितनवले भने पाँच खेलमा दोस्रो हार ब्यहोरेको छ ।
त्रिवि मैदान कीर्तिपुरमा मङ्गलबार जितका लागि एक सय ६८ रनको रनको लक्ष्य पछ्याएको चितवन निर्धारित २० ओभरमा आठ विकेटको क्षतिमा एक सय ३४ रनमा समेटियो ।
लुम्बिनीले दिएको १६८ रनको लक्ष्य पछ्याएको चितवनले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै १३४ रन मात्र बनाउन सक्यो ।
चितवनका लुक बेनकेन्सटाइनले सर्वाधिक ३१ रन जोडे । बलिङमा लुम्बिनीका कप्तान रोहित पौडेलले सर्वाधिक ४ विकेट लिए ।
त्यसअघि कप्तान रोहितकुमार पौडेलको प्रेरणामा लुम्बिनी लायन्सले चितवन राइनोजविरुद्ध १६७ रनको बलियो स्कोर खडा गरेको थियो ।
कप्तान पौडेल र पाकिस्तानी ब्याटर साद बिन जाफरबीच सतकीय साझेदारी भएको थियो । ४९ रनमा चार विकेट गुमाएको अवस्थाबाट उनीहरुले टिमलाई बलियो स्कोरमा पुर्याएकाका थिए ।
बलिङमा चितवनका रिजन ढकालले तीन विकेट लिए । कप्तान कुशल मल्ल र रन्जित कुमारले १–१ विकेट बाँडे । पाकिस्तानी लिजेन्ड बलर सोहेल तनवीर आज विकेटविहीन रहे ।