दिल्लीलाई हराउँदै चेन्नई प्लेअफमा
आइतबार, जेठ ७, २०८०
आइतबार संसदमा एमाले अध्यक्ष ओलीको सम्बोधन
आइतबार, जेठ ७, २०८०
एमालेले आफू प्रतिपक्ष मात्र नभएर मूलुकलाई सही बाटो देखाउंने मार्ग दर्शक पनि भएको दाबी गरेको छ । त्यस कारण सरकारको निती तथा कार्यक्रममा केही नयां नभएको र यसले झारा मात्र टारेको बताएको छ । सरकारले प्रस्तुत गरेको निति तथा कार्यक्रमको गहिरो रूपमा अध्ययन गरेर् आइतबार ओलीले गर्न लाग्नु भएको टिप्पणीलाई...
अब अगाडि बढ्ने भयो निजगढ अन्तर्राष्ट्रिय विमानस्थलको काम
शनिबार, जेठ ६, २०८०
राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्दै निर्माण सम्पन्न भएका विमानस्थललाई क्षमतामा उपयोगमा ल्याउने जानकारी पनि दिनु भएको छ ।
अब भारतले २ हजारका नोट नचलाउने
शनिबार, जेठ ६, २०८०
२ हजारका नोट बैंकमा जम्मा गर्ने समय यो वर्षको सेप्टेम्बर ३० सम्म दिइएको छ। त्यतिञ्जेलसम्म २ हजारको नोटलाई वैधानिक मुद्राको मान्यता पनि रहनेछ।
शुक्रबार संघीय संसदको संयुक्त बैठक बस्दै, राष्ट्रपति पौडेलले नीति तथा कार्यक्रम प्रस्तुत गर्ने
शुक्रबार, जेठ ५, २०८०
प्रतिनिधिसभामा सभामुख देवराज घिमिरेले राष्ट्रपतिबाट भएको सम्बोधनका लागि धन्यवाद ज्ञापनसम्बन्धी प्रस्ताव प्रस्तुत गर्ने सम्भावित कार्यसूची छ । सरकारले आज पेश गर्ने नीति तथा कार्यक्रममाथि प्रतिनिधिसभा र राष्ट्रियसभामा आइतबारदेखि लगातार केही दिन छलफल हुनेछ। सो छलफल समाप्त भएपछि जेठ १५ गते वार्षिक बजेट प्रस्तुत हुने संवैधानिक व्यवस्था छ।
दाङमा दुई बस ठोक्किए , एक जनाको मृत्यु, २९ घाइते
शुक्रबार, जेठ ५, २०८०
घाइतेमध्ये ७ जनालाई भैरहवा, ३ जनालाई घोराही र २ जनालाई नेपालगञ्ज उपचारका लागि पठाइएको बताइएको छ ।
दोषी प्रमाणित भएमा प्रधानमन्त्री जेल जान तयार
बिहीबार, जेठ ४, २०८०
प्रधानमन्त्री प्रचण्डले माओबादी लडाकु शिबिरको बारेमा उजुरी परेमा आफू खुल्ला रूपमा छानबिनका लागि तयार रहेको जानकारी पनि दिए ।
प्रतिनिधि सभामा आज सांसंदहरूले प्रधानमन्त्रीलाई प्रश्न सोध्ने
बिहीबार, जेठ ४, २०८०
सरकारलाई समर्थन दिएका र नदिएको पार्टीहरूका सांसदहरू प्रधानमन्त्री प्रचण्डसँग डटेर प्रश्न सोध्न तयारीमा रहेका छन । बताइए अनुसार सांसदहरूको प्रधानमन्त्रीलाई नक्कली भुटानी शरणार्थी, भारत भ्रमण, नागरिकता र रेशम चौधरीको रिहाई लगाएतका बारेमा प्रश्नहरू सोध्ने भएका छन ।
सिड्नीमा हुने भयो शिक्षा सम्बन्धि चारिटी कार्यक्रम
बुधबार, जेठ ३, २०८०
कार्यक्रमको बारेमा गैर आवासीय नेपाली संघ अष्ट्रेलियाका अध्यक्ष नन्द गुरुङ्गले सहयोग गरिने विद्यालयहरुको छनौट हुन बाँकी रहेको जानकारी दिएका छन् -‘ यो सामाजिक कार्यक्रममा उपस्थिति जनाएर साथ, समर्थन र सहयोग गरिदिनु हुन म सबैमा अनुरोध गर्दछु -‘ गुरुङ्गको आग्रह छ ।
छैटौँ चेम्बर एक्स्पो बिहीबारदेखी शुरू
बुधबार, जेठ ३, २०८०
एक्स्पोमा अटोमोबाइल, विद्युतीय सामग्री, फेसन वेयर, छालाजन्य वस्तुसमेत प्रदर्शनीमा राखिने भएको छ । मेलामा नेवाल , भारत, पाकिस्तान, बङ्गलादेश तथा अन्य विभिन्न मुलुकमा उत्पादित सामग्रीको कक्ष राखिने जानकारी दिइयो
राप्रपाको बैठक सकिंदै , माओबादी नेतृत्वको सरकारमा जानु गलत
बुधबार, जेठ ३, २०८०
बैठकमा पार्टी महासचिव धवल शमशेर राणाले सांगठनिक प्रतिवेदन पेश गरेका थिए भने कोषाध्यक्ष नीकलण्ठ काफ्लेले आर्थिक प्रतिवेदन पेश गरेका थिए। बैठकमा पार्टीका अधिकांश सद्दस्यहरूले माओबादी नेतृत्वमा सरकारमा जानुलाई गलत भएको धारणा राखेको जानकारी दिइएको छ ।
नेपाल टेलिकमको रोमिङ महसुल घट्यो
बुधबार, जेठ ३, २०८०
अबदेखी नेपाल टेलिकमको सिम लिएर भारतमा कल गर्दा एक मिनेटको सात रुपैयाँ मात्रै लाग्ने जानकारी दिइएको छ । यसै गरी भारत बाहेक अन्य मूलुकहरूको नम्बरबाट आएको कल उठाउँदा पनि एक मिनेटको सात रुपैयाँ मात्र लाग्ने छ ।


