नेपाली राष्ट्रिय क्रिकेट टिमको प्रमुख प्रशिक्षकमा भारतका मोन्टी देसाई नियुक्त
सोमबार, माघ २३, २०७९

सेती नदीमा हाम फालेका व्यक्तिको शव भेटियाे
सोमबार, माघ २३, २०७९
सेती नदीमा हाम फालेका एक व्यक्ति मृत फेला परेका छन् । सेतीमा हाम फालेर बेपत्ता भएका छबिस पाथिभेरा गाउँपालिका–४ का ३१ वर्षीय नरेश थापाको शव फेला परेको जिल्ला प्रहरी कार्यालय बझाङले जनाएको छ ।

एमालेले केन्द्रिय समिति बैठकमा निर्वाचन समिक्षालाइ पहिलाे एजेण्डा बनाउने
सोमबार, माघ २३, २०७९
प्रतिधिसभा निर्वाचन सम्पन्न भए पछि नेकपा एमाले को केन्द्रीय कमिटीको पाँचौं बैठक २९ माघवाट सुरु हुने भएको छ । गत ४ मंसिरमा प्रतिनिधिसभा र प्रदेशसभा सदस्यको निर्वाचनपछि एमालेले पहिलो पटक केन्द्रीय कमिटीको बैठक बोलाएको हो ।

बालुवाटारमा नेत्रविक्रम चन्द र प्रधानमन्त्री प्रचण्डबीच भेटघाट
सोमबार, माघ २३, २०७९
नेकपाका महासचिव नेत्रविक्रम चन्द र नेता खड्गबहादुर विश्वकर्माले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डबीच भेटवार्ता भएको छ ।

रास्वपाका मन्त्रीहरुले आजै राजिनामा बुझाउने
आइतबार, माघ २२, २०७९
सरकारवाटै बाहिरिए पछि राष्ट्रिय स्वतन्त्र पार्टीका मन्त्रीहरुले आइतबार नै प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई राजीनामा बुझाउने भएका छन् ।

माघ २७ गते राष्ट्रपतिले संघीय संसद्लाई सम्बोधन गर्ने
आइतबार, माघ २२, २०७९
संघीय संसद्को संयुक्त बैठकलाई राष्ट्रपति विद्यादेवी भण्डारीले माघ २७ गते सम्बोधन गर्ने भएकी छन् । प्रतिनिधिसभाको आइतबारको बैठकमा सभामुख देवराज घिमिरेले राष्ट्रपतिले माघ २७ गते संसद्लाई सम्बोधन गर्ने विषयमा जानकारी दिएका हुन् ।

प्रचण्ड सरकारलाई ‘सुरक्षित’ राख्दै रास्वपा सरकारबाट बाहिरियो
आइतबार, माघ २२, २०७९
रवि लामिछाने नेतृत्वको राष्ट्रिय स्वतन्त्र पार्टी सरकारबाट बाहिरिने भएको छ । आइतबार बसेको केन्द्रीय समिति र संसदीय दलको बैठकले सरकारबाट बाहिरिने निर्णय गरेको बैठकपछि आयोजित पत्रकार सम्मेलनमा सभापति रवि लामिछानेले जानकारी दिए ।

जनकपुरमा हतियारसहित मिटर व्याजी पक्राउ
आइतबार, माघ २२, २०७९
जनकपुरधामबाट हातहतियारसहित एकजना मिटर व्याजी पक्राउ परेका छन् । पक्राउ पर्नेमा जनकपुरधाम उपमहानगरपालिका १ बस्ने ४१ वर्षीय दिलिप साह रहेको जिल्ला प्रहरी कार्यालय धनुषाले जनाएको छ ।

राष्ट्रिय सभा उपाध्यक्षमा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने कांग्रेसको निर्णय
आइतबार, माघ २२, २०७९
नेपाली कांग्रेसले राष्ट्रिय सभाको उपाध्यक्षमा नेकपा माओवादीको उम्मेदवारलाई समर्थन गर्ने निर्णय गरेको छ ।

बाबाले सिड्नीमा देखाउने भयो चपली हाइट -३
आइतबार, माघ २२, २०७९
अन्तत: सिड्नीमा चलचित्र चपली हाइट -३ हेर्ने सिड्नीमा रहनु हुने नेपाली दर्शकहरूको इच्छा अब भने पुरा हुने भएको छ ।

छोरीको सल्लाहमा फिल्ममा जोडिन्छन् अमिताभ
आइतबार, माघ २२, २०७९
बलिउडका महानायक अमिताभ बच्चन आफ्नो परिवारलाई बढी मान सम्मान दिन्छन् । उनी प्राय आफ्नो श्रीमति, छोरी र बुहारीका बारेमा सामाजिक सञ्जालमा लेख्छन् र कुरा गर्छन् । अमिताभ उनकी छोरी श्वेतासँग बढी नजिक छन् । उनी श्वेतासँग व्यक्तिगतमात्र होइन, व्यावसायिक जीवनका हरेक कुरा सल्लाह गर्छन् ।

नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर राणाकाे निधन
आइतबार, माघ २२, २०७९
नेपाल राष्ट्र बैंकका पहिलो गभर्नर हिमालयशम्शेर राणाको निधन भएको छ । थापाथलीस्थित नर्भिक अस्पतालमा उपचारका क्रममा आज बिहान निमोनियका कारण ९५ वर्षका उमेरमा उनको निधन भएको पारिवारिक स्रोतले जनाएको छ ।

माओवादीले दुई महिने अभियान चलाउने
शनिबार, माघ २१, २०७९
नेकपा(माओवादी केन्द्र) ले आगामी दुई महिना पार्टीका सबै नेता तथा कार्यकर्तालाई सङ्गठन निर्माणमा परिचालन गर्ने भएको छ ।