NRN
‘बहाव’ युनिट कमेडी क्लबमा
‘बहाव’ युनिट कमेडी क्लबमा आगामी चैत २४ गते रिलिज हुने फिल्म ‘बहाव’को युनिट फिल्म प्रचारका लागि टेलिभिजन कमेडी शो ‘कमेडी क्लब विथ च्याम्पियन’मा पुगेका छन् । फिल्मबाट निर्देशक प्रमोद कँडेल, निर्माता श्रीधर पौडेल र कलाकारद्वय सुरक्षा पन्त तथा कमलमणि नेपाल शोमा पुगेका हुन् । 
सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब
सोनालीलाई अपहरण गर्न चाहन्थे क्रिकेटर शोएब बलिउड अभिनेत्री सोनाली बेन्द्रे ९० दशकको लोकप्रिय अभिनेत्री हुन् । उनको लोकप्रियता भारतमा नभई विदेशमा पनि उत्तिकै थियो । पाकिस्तानमा उनको राम्रो फ्यान फ्लोइङ थियो । पाकिस्तानसँग जोडिएको एक किस्सा आज पनि उत्तिकै चर्चित छन् ।
चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली
चलचित्र निर्देशक समाजको अध्यक्षमा पराजुली चलचित्र निर्देशक समाजको अध्यक्षमा जनकराज पराजुली निर्वाचित भएका छन् । काठमाडौंमा सम्पन्न १५ औं साधारण सभाले पराजुलीको नेतृत्वमा पदाधिकारीसहित नयाँ नेतृत्व चयन गरेको हो ।
निर्देशनमा अभिनेत्री बेनिशा हमाल
निर्देशनमा अभिनेत्री बेनिशा हमाल चलचित्र ‘स्वर’ मार्फत अभिनयको सुरुआत गरेकी अभिनेत्री बेनिशा हमाल निर्देशक बन्ने भएकी छिन् । उनको निर्देशन रहेको छोटो चलचित्र ‘मिसिङ ब्राइड’ ओटीटी प्लेटफर्म सिनेमा घरएपमार्फत सार्वजनिक भएको छ । विवाह र बेहुलीलाई आधार बनाएर तयार गरिएको छोटो चलचित्रमा वर्षा राउत र विवेक सिंह ठकुरीले अभिनय गरेका छन्। 
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह
चलचित्रमार्फत पर्यटन प्रवर्द्धन गर्न आग्रह चलचित्र निर्देशक तथा नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) का अध्यक्ष केपी पाठकले नेपाली चलचित्रको विकास गर्न सरकारले ध्यान पु-याउनु पर्ने बताएका छन् । निफको समापन समारोहमा उनले भने “नेपाली र विदेशी चलचित्रकर्मीबीच ज्ञान आदानप्रदान हुन्छ भन्ने उद्देश्यले महोत्सवको सुरूआत गरेका थियौँ ।” 
कलाकार सङ्घको अध्यक्षमा  निरौला विजयी
कलाकार सङ्घको अध्यक्षमा  निरौला विजयी कलाकारको छाता सङ्गठन नेपाल चलचित्र कलाकार सङ्घको अध्यक्ष पदमा मोहन निरौला विजयी भएका छन् ।  शनिबार सम्पन्न १९औँ साधारणसभामा उनले कुल खसेको चार सय ६८ मतमा  दुई सय ३५ मत प्राप्त गर्दै विजयी भएका हुन्। उनका निकटतम् प्रतिद्वन्द्वी अभिनेत्री रेजिना उप्रेतीले दुई सय नौ मत प्राप्त गरिन् । सङ्घ स्थापना...
ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स' सर्वोत्कृष्ट, कसले कुन टाइटल जिते ? (सुचीसहित)
ओस्कर अवार्डमा 'एभ्रिथिङ एभ्रिह्वेर अल एट वन्स' सर्वोत्कृष्ट, कसले कुन टाइटल जिते ? (सुचीसहित) ९५ औं संस्करणको ओस्कर अवार्डमा ‘एभ्रिथिङ एभ्रीह्वेर अल एट वन्स’ उत्कृष्ट फिल्म घोषणा गरिएको छ । यो फिल्मले उत्कृष्ट फिल्म, उत्कृष्ट निर्देशन, उत्कृष्ट अभिनेत्री, उत्कृष्ट सम्पादन, ओरिजिनल स्क्रिनप्ले, उत्कृष्ट सहअभिनेता, उत्कृष्ट सहअभिनेत्री गरी ७ विधाको अवार्ड हात पारेको छ ।
कलाकार संघको अध्यक्षमा रेजिनाको उमेदवारी
कलाकार संघको अध्यक्षमा रेजिनाको उमेदवारी अभिनेत्री रेजिना उप्रेतीले नेपाल चलचित्र कलाकार संघको अध्यक्ष पदमा उमेद्वारी दिएकी छिन्। रेजिनाले उनले सबैबाट साथ र सहयोग पाउंने अपेक्षा सहित अध्यक्ष पदको लागि उमेदवारी  दिएकी हुन । विगत २४ वर्ष देखि नेपाली कलाकारिता क्षेत्रमा सक्रिय रहेकी रेजिनाले ८ बर्ष देखि कलाकार संघको कार्यकारी समितिमा रहेका काम गरिरहेकी छिन्।
अनमोल लेख्छन्- नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ
अनमोल लेख्छन्- नवौं फिल्ममा चुकें, दशौं फिल्म करियरको दोस्रो सत्रको सुरुवात हुनेछ अभिनेता अनमोल केसी स्टारर नवौं फिल्म ‘छड्के २’ बक्सअफिसमा असफल साबित भइसकेको छ । गत साताबाट प्रदर्शनमा आएको यो फिल्म सोही मितिमा रिलिज अर्को फिल्म ‘छक्का पन्जा ४’सँग प्रतिष्पर्धा गर्नुपर्ने दबाब त छँदै थियो, तर सुरुकै दिनबाट ‘छड्के २’ले दर्शकको साथ पाउन सकेन ।
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन
‘तेरे नाम’का निर्देशक सतीश कौशिकको निधन भारतीय अभिनेता तथा निर्देशक सतीश कौशिकको ६६ वर्षको उमेरमा निधन भएको छ । शवना आजमीको निवासमा मस्तसँग ७ मार्चमा होली मनाएर उनी पारिवारिक होली खेल्न दिल्ली गएका थिए । महिमा चौधरी, जाबेद अख्तरसँग होली खेलेको त्यो होलीको तस्विर उनले सामाजिक सञ्जालमा राखेका थिए । 
अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट
अभिनेत्री सुरक्षा पन्त र मानव सुवेदीबीच इन्गेजमेन्ट अभिनेत्री सुरक्षा पन्त र अभिनेता मानव सुवेदीबीच इन्गेजमेन्ट भएको छ । बिहीबार विवाह गर्ने तयारी गरेका उनीहरुले बुधबार इन्गेजमेन्टको भएको तस्बिर सार्वजनिक गर्दै आशिर्वाद मागेका छन् । 
किन उठ्छन चलचित्र पत्रकारिता माथि प्रश्न…? 
किन उठ्छन चलचित्र पत्रकारिता माथि प्रश्न…?  पछिल्लो समय नेपालमा फस्टाएको पत्रकारिता विधा हो चलचित्र पत्रकारिता बिधा । केही समय यता आएर यो बिधाप्रति युवा पुस्ताको आकर्षण बढ्नुले नेपाली चलचित्र क्षेत्रले एकातिर सकारात्मक रूपमा लिएको छ भने अर्को तर्फ थोरै ज्ञान नहुने र जिम्मेवारीको बहन गर्न नसक्नेहरूको प्रवेशले अर्को तर्फ यो विधाप्रति नकारात्मक प्रभाव पनि पर्न थालेको...
Weather Update