NRN
सिटी एक्सप्रेस मनि ट्रान्सफरको २०औं बार्षिकोत्सवको अवसर पारेर रक्तदान कार्यक्रम आयोजना

सिटी एक्सप्रेस मनि ट्रान्सफरले असार २७ गते १९ बसन्त पार गरेर २०औं बर्षमा प्रबेश गरेको छ ।  यही  २०आंै बार्षिकोत्सवको अवसरमा केन्द्रीय कार्यालय प्रांगणमा रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।  सिटी एक्सप्रेस मनि ट्रान्सफरले आयोजित कार्यक्रममा  मुख्य अभिप्राय “रक्तदान जीवनदान –हामी सबैको योगदान” भन्ने  मूल नाराका साथमा आफ्नो संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत खुला रक्तदान कार्यक्रमको आयोजना गरेको थियो ।

 सिटी एक्सप्रेसको कमलादी स्थित आफ्नै मुख्य कार्यलयमा उल््लेख्य सहभागिताका साथमा रक्तदान कार्यक्रम सम्पन्न ग¥यो  । साथै २०औं बार्षिकोत्सवको अवसरमा  कम्पनीले बर्षको  उत्कृष्ट कर्मचारीहरुलाई  पुरस्कृत पनि गरेको थियो ।उक्त कार्यक्रममा सिटी एक्सप्रेसका ब्राण्ड एम्बेसडर तथा चर्चित हास्य कलाकार जितु नेपालको पनि उपस्थिती रहेको थियो । 

सिटी एक्सप्रेस मनि ट्रान्सफरले रेमिटान्स क्षेत्रमा आफ्नो छुट्टै पहिचान बनाउदै बिगत १९ वर्ष देखि संसारभरबाट  विप्रेषण सेवा प्रदान गर्दै आइरहेको छ । सिटी एक्सप्रेस मनि ट्रान्सफरले सिटी पे वालेट मार्फत अनलाइन भुक्तानीको सेवा सुचारु गरेको छ साथै सिटी पे बाट रेमिटेन्स भुक्तानी पनि गर्न सकिन्छ ।

प्रकाशित मिति: सोमबार, असार २९, २०८३  १५:१९
प्रतिक्रिया दिनुहोस्
Weather Update