काठमाडौँ । नेपालका प्रमुख आठ राजनीतिक दलहरूले भोटेकोशीलगायतका नदीमा आएको अप्रत्याशित र विनाशकारी बाढीबाट भएको असीमित मानवीय तथा भौतिक क्षतिप्रति गहिरो दुःख व्यक्त गर्दै उद्धार, राहत र पुनर्निर्माणका लागि अन्तर्राष्ट्रिय समुदायसँग सहयोगको अपिल गरेका छन्।
बिहीबार सम्पन्न सर्वदलीय बैठकपछि जारी संयुक्त वक्तव्यमार्फत रास्वपा, नेपाली कांग्रेस, नेकपा (एमाले), नेकपासहितका ८ दलले संयुक्त राष्ट्रसंघ, मित्रराष्ट्रहरू र अन्तर्राष्ट्रिय दातृ निकायहरूलाई मानवीय र प्राविधिक सहयोगका लागि आग्रह गरेका हुन्।
वक्तव्यमा रसुवा, नुवाकोट, धादिङ, गोरखा, चितवन, नवलपरासीसहितका जिल्लाहरूमा पुगेको क्षतिलाई 'राष्ट्रिय पीडा'को रूपमा परिभाषित गरिएको छ। बाढीबाट प्रभावितहरूको उद्धार र पुनर्स्थापनाका लागि दलहरूले निम्न प्रमुख १० बुँदे साझा संकल्प समेत प्रस्तुत गरेका छन् ।


