नवनियुक्त तीन देशका राजदूतले लिए पद तथा गोपनीयताको शपथ
राष्ट्रपति रामचन्द्र पौडेलले सरकारको सिफारिसमा विभिन्न तीन देशका लागि नेपालको आवासीय राजदूत पदमा नियुक्त गरेका छन् ।
राष्ट्रपति पौडेलले सोमबार भारतका लागि डा. निश्चलनाथ पाण्ड, चीनका लागि डा. कल्याणराज शर्मा र इजरायलका लागि सुरेशकुमार कर्णलाई आवासीय राजदूत नियुक्त गरेका हुन् ।
राष्ट्रपति पौडेलले नेपालको संविधानको धारा २८२ को उपधारा १ बमोजिम नेपाल सरकार मन्त्रिपरिषद्को सिफारिसमा उनीहरूलाई नियुक्त गरेका हुन् । राष्ट्रपति पौडेलले आजै उनीहरूलाई शीतल निवासमा एक समारोहका बीच पद तथा गोपनीयताको शपथ समेत खुवाएका छन् ।
प्रकाशित मिति: सोमबार, कात्तिक ३०, २०८३ १२:५३
प्रतिक्रिया दिनुहोस्


