NRN
के बोले महाबीरले यस्तो…? जरीवाना तिर्न नसक्ने जेल जान्छन..

मन्त्रीको लोभमा महाबीर पुनले धेरै गुमाए । त्यसमा पनि मुख्यत: आफूप्रतिको सम्मान गुमाए । ट्राफिक जरिवाना ५० हजार लगाउंनु पर्छ, तिर्न नसक्ने जेल जान्छन भन्ने उनको अभिब्यक्तिले सांच्चै जनताले महाबीरप्रति बिगतमा गरेको सम्मान,सद्भाब र बिश्वास माथि प्वाल परेको छ । आफू अमेरिका पुगेता पनि म्याग्दिको मगर समुदायमांझ हुर्केका महाबीर जस्ता शिक्षित ब्यक्तिले यसरी बोल्नु र भाषा प्रयोग गर्नु आफैंमा दुखद र लज्जा हो ।

गणेश नेपालीहरूले ट्राफिक जरिवाना तिर्न नसकेर आफ्नो शरिरमा आगो लगाउंदा महाबीर पुनको मन पनि पोल्नु पर्ने थियो, तर त्यसो भएन ।एक थान मन्त्री पद जोगाउने लोभमा महाबीर पुन जून रूपमा प्रस्तुत भएका छन,यस्तो ब्यबहारले उनिमाथिको सम्मानमा ह्रास आउन थालेको कुरा अब भनिरहनु पर्दैन । धेरैको आशा र उदाहरण बनेका महाबीर पुनबाट यस्तो अभिब्यक्ति सुहाएन मात्र होइन कि उनी आफैंलाई पनि पछि लज्जाबोध भएको हुनु पर्छ ।

यो देशको पिरमा रहेका र तल बसेका नेपालीहरूको बिरूद्दमा बोल्ने महाबीर पुनः कसरी नेपालीहरूका आदर्श हुन सक्छन ? नेपालीहरूले कसरी आदर्श मान्ने ? पछिल्लो समय उनमा अहंकार र घमण्ड यसरी बढेको छ कि उनलाई त्यसले सही ठाउंमा पुर्याउंदैन । अधिल्लो सरकारले पनि कुनै बिबादास्पद र अलोकप्रिय निर्णय मिडियालाई सुनाउंनु पर्यो भने महाबीर पुन प्रयोग हुन्थे । महाबीरले भनेपछी नराम्रो कुरा भएता पनि नियत राम्रै होला ठानेर धेरैले महाबीरका तारिफ गर्दथे । पदको लोभ गर्दैनन महाबीरले भनेको त दौडेर संसदको टिकट लिन पुगे । पछि रास्वपाको समर्थनमा चुनाब पनि जिते । जितेर संसदमा आएपछी संसदमा केही बांगो कुरा गरेर रास्वपालाई धम्काए । रास्वपाले पनि आफ्नो फाईदा देखेर मन्त्रालय नै नयां बनाएर महाबीरलाई मन्त्री बनायो । नेपालीको चिन्तनको फाईदा महाबीरले धेरैनै उठाए ।

काम नगरेता पनि मन्त्रालयमा नै चाउचाउ पकाएक खाए भन्ने कुराले नेपालीहरू भाबुक भै हाले । यस्तै - यस्तै कुराले महाबीर लोकप्रिय भैरहे । गणेश नेपाली तिनै यूबक थिए ,जो जेन्जी आन्दोलनमा घाईते भएका थिए । महाबीर मन्त्री हुनुमा ति गणेशको पनि केही हात छ । जून सत्ता ल्याउंन गणेश नेपाली सडकमा आएका थिए । सत्ता त आयो तर, तै सत्ताले गणेश नेपालीको हत्या गर्यो । महाबीर पुन पो सडकमा उभिंदा करोडौको किताब बिक्छ । उनले बनाएको मकै भूट्ने मेसिन गाँउ पालिका र नगर पालिकाले लाखौंमा किन्छन,र सरकारी जग्गामा आफ्नो ग्यारेज बनाउन पाए ।

महाबीरको पो देश बिदेशबाट लाखौं उठ्छ , उनलाई जरिवाना ठूलो कुरा होइन । तर, एक दिन चिट काट्नु पर्यो भने गणेशकी तिन बर्षकी छोरी भोकै सुत्नु पर्छ । नेपालीहरू अटेरी छन । तिनीहरूलाई ५० हजार जरिवाना राख्नु पर्छ । तिर्न नसके जेल जान्छन भनेर मन्त्री जस्तो पदमा बसेर कति सहज तरिकाले भन्न सक्नु भयो महाबीर पुन ज्यू…?

 

Compos

प्रकाशित मिति: आइतबार, असार २८, २०८३  १६:१७
प्रतिक्रिया दिनुहोस्
Weather Update