NRN

 

14ae1647-5c8e-4394-9c4d-5f43080b3630-1777376990.jpg
काठमाडौ, विश्वव्यापी रूपमा ख्यातिप्राप्त अमेरिकी नृत्य प्रतियोगिता फ्रेन्चाइज'वर्ल्ड अफ डान्स' को दोस्रो संस्करण 'वर्ल्ड अफ डान्स नेपाल २०२६' को औपचारिकघोषणा गरिएको छ । गत आइतबार काठमाडौँमा आयोजित एक विशेष पत्रकारसम्मेलनमार्फत यस प्रतियोगिताको सुरुवात गर्दै जुरी, पुरस्कार राशि र अडिसनकामितिहरू सार्वजनिक गरिएको हो । यस पटकको संस्करणमा डिजिटल वालेट सिटीपे मार्फत सहभागीले आफ्नोसहभागिता कन्फर्म गर्नुपर्नेछ। सिटीपेले यस शोको अन्तर्राष्ट्रिय फर्म्याटसँग मिल्नेगरी डिजिटल व्यवस्थापन र प्रणालीको विकास गरेको छ र सोही प्रणालीको प्रयोगगरि इच्छुक सहभागीले आफ्नो सहभागिता निर्क्योल गर्ने तथा सहभागिता शुल्कभुक्तानी गर्ने प्रणाली बिकास गरिसकेको छ।



प्रतियोगितामा सहभागी हुन चाहने डान्सरहरूले सिटीपे एप डाउनलोड गरी केवाईसीभेरिफिकेसन गरेर Events सेक्सनमा गई आफ्नो पायक पर्ने स्थानका लागि आवेदनदर्ता गर्न सक्नेछन् । साथै दर्शकहरूले समेत ग्राण्ड फिनालेको टिकट सिटीपे मार्फतनै बुक गर्न पाउने व्यवस्था मिलाइएको छ । यस सिजनको मुख्य आकर्षणको रूपमा बलिउडका प्रख्यात कोरियोग्राफर टेरेन्सलुइसलाई 'सेलिब्रेटी ग्रान्ड जज' को रूपमा घोषणा गरिएको छ । 'डान्स इन्डियाडान्स' र 'इन्डियाज बेस्ट डान्सर' जस्ता ठुला शोका अनुभवी निर्णायक लुइसकोउपस्थिति नेपाली प्रतिभाहरूका लागि विशेष हुने आयोजकको विश्वास छ ।उनीसँगै निर्णायक मण्डलमा वाइल्ड रिपर्ज क्रुका किरण थापा र जेडी तमु रहनेछन् ।

प्रतियोगितालाई चार वटा डिभिजनमा विभाजन गरिएको छ । जसमा अपरडिभिजन, जुनियर डिभिजन, अपर टिम डिभिजन र जुनियर टिम डिभिजन रहेका छन्। प्रत्येक डिभिजनका विजेताले १ लाख रुपैयाँ नगद, २४ क्यारेट सुनको जलपलगाइएको (Real Gold Plated) ट्रफी र विभिन्न उपहारहरू प्राप्त गर्नेछन् । साथैविजेताले वर्ल्ड अफ डान्सको दुबई, थाइल्यान्ड तथा अमेरिकामा हुने प्रतिस्पर्धामापनि सामेल हुने मौका प्राप्त गर्न सक्नेछन् ।

नेपालभरका प्रतिभाहरूलाई समेट्न विभिन्न पाँच सहरमा अडिसन सञ्चालन हुनेछ ।जसअनुसार १९ वैशाखमा नेपालगन्ज, २२ वैशाखमा बुटवल, २६ वैशाखमा पोखरा, ३० वैशाखमा काठमाडौँ र २ जेठमा इटहरीमा आयोजना हुनेछ । अडिसनबाट छानिएका उत्कृष्ट डान्सरहरूको सेमिफाइनल २१ जेठमा र भव्य ग्राण्डफिनाले २३ जेठमा सम्पन्न हुनेछ । यो सिजनको फाइनल इभेन्ट 'प्याराडाइम टिभी' मार्फत युट्युबमा समेत प्रसारण गरिनेछ । सन् २००८ मा क्यालिफोर्नियाबाट सुरु भएको 'वर्ल्ड अफ डान्स' अहिले ५० भन्दा बढीदेशमा फैलिसकेको छ ।

नेपाली डान्सरहरूलाई विश्वस्तरीय प्लेटफर्म प्रदान गर्नेउद्देश्यले सुरु गरिएको यस कार्यक्रमको घोषणा समारोहमा अमेरिकी दूतावासकाजनसम्पर्क प्रमुख माइक हार्कर, अभिनेता दयाहाङ राई, बुद्धि तामाङ, प्रशान्तताम्राकार, नृत्याङ्गना कविता नेपाली र भ्लगर सिसन बानियाँ लगायतको उपस्थिति थियो ।

 

प्रकाशित मिति: मंगलबार, वैशाख १५, २०८३  १७:३५
प्रतिक्रिया दिनुहोस्
Weather Update