NRN

Shee-Krishna-1770358019.jpg
काठमाडौ, के तपाई कफीको पारखी हुनुहुन्छ ? त्यसमाथि स्टार बोस कफीको पारखी हुनुहुन्छ भने त झनै गज्जबको कुरा आएको छ । थोरै समयमा कफी पारखीहरूको जिब्रोमा बस्न सफल स्टार बोस कफी अब बिस्तार हुने तयारीमा जुटेको छ ।

नेपाली उत्पादनलाई प्राथमिकता दिंदै र राजगारी पनि बढाउंदै अगाडि बढेको स्टार बोसका बोस श्रीकृष्ण श्रेष्ठ आफ्नो समूह कफी बिधामा दत्त चित्त भएर अगाडि बढ्ने प्रतिबद्धता ब्यक्त गर्छन -‘ हामीले यसलाई ब्यापारको रूपमा मात्र हेरेका छैनौं । स्टार बोस मार्फत हामीले नेपाली उत्पादनलाई सडकदेखी महलसम्मका ब्यक्तिको जिब्रोमा पुर्याएका छौ भने रोजगारी पनि बढाएका छौं । हाम्रो यो यात्रा निरन्तर अगाडि बढ्ने छ ।

दरबार मार्गबाट शुरू भएको स्टारबोस कफी अब झांगिंदै नेपालभर पुग्ने तयारीमा जुटेको छ । यो कफी अब अनामनगर, तिनकुने, इमाडोल,नयां बानेश्वर र कमलादीमा पनि पुग्ने छ भने चांडै नेपालभर सय भन्दा बढा आउटलेट मार्फत फैलने भएको छ । यसैबीच स्टार बोस कफी र नेबिल बैंकबीच एक सम्झौता पनि भएको छ ।

सम्झौता अनुसार अबदेखी स्टार बोस कफीको सेवा लिने नबिल बैंकका कर्मचारीले २० प्रतिशत छुट पाउने छन भने यो बैंकका ग्राहकहरूले १० प्रतिशत छुट पाउंने भएका छन । स्टार बोसले प्रत्येक एक कफीबाट १ रूपैयाॉ गरिब र जेहेन्दार बिध्यार्थाहरूको लागि सहयोग गर्ने समाज सेवाको पक्षलाई पनि निरन्तरता दिंदै आइरहेको छ ।

प्रकाशित मिति: शुक्रबार, माघ २३, २०८२  ११:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update