NRN

WhatsApp-Image-2026-01-30-at-15.32.27-1769769777.jpeg
काठमाडौँ, २०८२।१०।१६ ग​ते  शहीद दिवसको अवसरमा  सहिद मेमोरिय​ल​ अस्पताल, कालंकीमा आज बिहान ८ बजे  खुल्ला र​क्त​दान​ कर्य​क्र​म आयोज​ना गरियो। कार्यक्रमको उद्घाटन संस्थाका अध्यक्ष  प्रा. डा. गणेश मान गुरुङले शहीदहरूलाई श्रद्धाञ्जली अर्पण गर्नुभयो।
उद्घाटन कार्यक्रममा संस्थाका उपाध्यक्ष निलकण्ठ काफ्ले, सचिव पुरुषोत्तम अधिकारी, अस्पताल व्यवस्थापन समिति अध्यक्ष तिर्थ प्रधान तथा अस्पताल प्रमुख डा. जितेन्द्र श्रेष्ठ उपस्थित थिए।

Prakash-Puri-1769769879.jpeg
कार्यक्रममा करिब ५४ जनाले रक्तदान गरी मानवसेवामा योगदान पुर्‍याए। रक्तदान कार्यक्रम मार्फत रगतको कमीलाई कम गर्दै रोगी र उपचारमा सहयोग पुग्ने अपेक्षा गरिएको छ। सहिद स्मारक जनस्वास्थ्य संस्थाका अधिकारीहरूले रक्तदान कार्यक्रमलाई नियमित रूपमा सञ्चालन गरिने र आगामी दिनहरूमा पनि यस किसिमका स्वास्थ्य सेवा कार्यक्रमहरू जारी राख्ने जान​कारी ग​राउनु भ​यो।

प्रकाशित मिति: शुक्रबार, माघ १६, २०८२  १६:२८
प्रतिक्रिया दिनुहोस्
Weather Update