NRN
आज काठमाडौं उपत्यकामा सर्वाधिक चिसो, २ डिग्रीमा झर्यो तापक्रम

आज पुस महिनाको अन्तिम दिन अर्थात बुधबार काठमाडौं उपत्यकामा सवैभन्दा बढी चिसो भएको छ । 

मौसम पूर्वानुमान महाशाखाका अनुसार, आज काठमाडौं उपत्यकाको तापक्रम करिब दुई डिग्रीमा झरेको हो ।

आज बिहान पौने ९ मा काठमाडौंको न्यूनतम तापक्रम २.३ मा झरेको हो । महाशाखाका अनुसार मंगलबार यही समयमा काठमाडौंको न्यूनतम तापक्रम २.८ थियो ।

प्रकाशित मिति: बुधबार, पुस ३०, २०८२  ११:३४
प्रतिक्रिया दिनुहोस्
Weather Update