NRN
कास्य पदक जितेका चन्द्रबहादुर थापा सहितलाई विमानस्थलमा भव्य स्वागत

दुबईमा सम्पन्न आईबीए मेन्स वर्ल्ड बक्सिङ च्याम्पियनसिपमा कास्य पदक जितेका नेपाली बक्सर चन्द्रबहादुर थापासहित सहभागी अन्य खेलाडी र प्रशिक्षण दललाई आइतबार त्रिभुवन अन्तर्राष्ट्रिय विभानस्तलमा भव्य स्वागत गरिएको छ । बक्सिङ टोलीलाई नेपाल प्रहरी ब्यान्डले बाजा-गासासहित स्वागत गरेको हो ।

टोलीलाई युवा तथा खेलकुदमन्त्री बब्लु गुप्ता, राखेपका सदस्य सचिव रामचरित्र मेहता र नेपाल बक्सिङ महासंघका पदाधिकारीले स्वागत गरेका हुन् ।

 
प्रकाशित मिति: आइतबार, मंसिर २८, २०८२  १५:१३
प्रतिक्रिया दिनुहोस्
Weather Update