NRN
लुम्बिनीले सुदूरपश्चिमलाई हराउँदै उचाल्यो दोस्रो सिजनको एनपीएल उपाधि

काठमाडौँ । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) शनिबार सम्पन्न भएको छ । शनिबार त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा लुम्बिनी लाइन्सले सुदूरपश्चिमलाई हराउँदै उपाधि जित्न सफल बन्यो । 

अघिल्लो सिजनको उपविजेता सुदूरपश्चिम यो पटक पनि अभागी बन्यो । फाइनलमा सुदूरपश्चिमले दिएको ८६ रनको सामान्य लक्ष्य ९ ओभरमै  ४ विकेटको क्षतिमा भेट्टाउँदै लुम्बिनीले उपाधि हात पारेको हो । 

सुदूरपश्चिमलाई ६ विकेटले पराजित गरेसँगै लुम्बिनीका खेलाडी र समर्थकले खुसीयाली बनाए भने त्रिवि क्रिकेट मैदान उल्लासमय भएको थियो । गत सिजन अंक तालिकाको पुछारमा रहेको र बाहिरिने पहिलो टोली बनेको लुम्बिनीले दोस्रो सिजनमा भने उपाधि जित्न सफल भएको हो। लुम्बिनी दोस्रो सिजनको एनपिएलको च्याम्पियन बनेकोमा बधाई । 

प्रकाशित मिति: शनिबार, मंसिर २७, २०८२  १९:३२
प्रतिक्रिया दिनुहोस्
Weather Update