NRN
एनपीएलमा आज : काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्स भिड्दै

दोस्रो संस्करणको नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत मंगलबार काठमाण्डू गोर्खाज र लुम्बिनी लायन्सबीच खेल हुँदैछ । 

खेल त्रिभुवन विश्वविद्यालय अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा अपराह्न ४ बजे शुरु हुनेछ ।

रोहित कुमार पौडेलको कप्तानीमा खेलिरहेको लुम्बिनीमा सन्दीप जोरा, विवेक यादव जस्ता राष्ट्रिय खेलाडी छन् भने थोमस ड्राका, डार्सी सर्ट, गुलबदीन नाइब, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान जस्ता विदेशी खेलाडी रहेका छन् ।

लुम्बिनी लायन्स एक जित निकाल्दै दुई अंकसहित छैटौँ नम्बरमा छ ।

त्यस्तै, करण केसीको कप्तानीमा रहेको काठमाडौँ गोर्खाजमा भीम सार्की, शाहब अलाम, रशिद खान, मोहमद आदील आलम जस्ता राष्ट्रिय खेलाडी र मार्वे गेरार्ड इरासमस, जोन एन्ड्रयु सिम्पसन, मिलिन्द कुमार जस्ता विदेशी खेलाडी रहेका छन् ।

काठमाडौँले यसअघि एक खेलमा जित र अर्को दुई खेलमा हार बेहोरेको छ भने दुई अंकसहित पाँचौ स्थानमा छ ।

प्रकाशित मिति: मंगलबार, मंसिर ९, २०८२  १२:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update