NRN
ब्लाइण्ड महिला टी २० विश्वकप : उपाधिका लागि नेपालले भारतसँग खेल्दै

प्रथम ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेट (फस्ट वुमन्स टी२० वर्ल्ड कप क्रिकेट फर दी ब्लाइण्ड)को उपाधिका लागि नेपाली ब्लाइण्ड महिला क्रिकेट टिमले आज भारत ब्लाइण्ड महिला क्रिकेट टिमसँग खेल्दैछ।

खेल श्रीलंकाको कोलोम्बोस्थित पी सारा ओभल क्रिकेट ग्राउण्डमा नेपाली समय अनुसार बिहान ११:४५ बजे सुरु हुनेछ ।

नेपालले दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ७ विकेटले पराजित गर्दै पहिलो पटक भइरहेको ब्लाइण्ड महिला टी२० विश्वकप क्रिकेटको फाइनलमा स्थान बनाएको थियो । 

त्यसअघि भारतले पहिलो सेमिफाइनलमा अष्ट्रेलियालाई ९ विकेटले हराउँदै फाइनल प्रवेश गरेको थियो ।

प्रकाशित मिति: आइतबार, मंसिर ७, २०८२  ११:५९
प्रतिक्रिया दिनुहोस्
Weather Update