NRN
एनपीएलमा आज : सुदूरपश्चिम रोयल्स र पोखरा एभेन्जर्स खेल्दै

सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग (एनपीएल) क्रिकेटमा आज पोखरा एभेन्जर्स र सुदूरपश्चिम रोयल्सबीच प्रतिस्पर्धा हुँदैछ ।

खेल कीर्तिपुरस्थित त्रिवि क्रिकेट रंगशालामा नेपाली समय अनुसार अपरान्ह ४ बजेदेखि सुरु हुनेछ । 

पोखरा पहिलो खेलमा विराटनगर किङ्ससँग पराजित भएको थियो भने सुदूरपश्चिमले काठमान्डु गोर्खाजलाई हराएको थियो ।

पोखराको कप्तान कुशल भुर्तेल छन् भने सुदूरपश्चिमको कप्तानमा दीपेन्द्रसिंह ऐरी छन् ।

सुदूरपश्चिम रोयल्सको टिममा दीपेन्द्रसिंह ऐरी, विनोद भण्डारी, आरिफ शेख, इशान पाण्डे, अविनाश बोहरा, नरेन साउद, हेमन्त धामी, दीपक बोहरा, मिलन बोहरा, दीपेन्द्र थापा, टेक रावत, हिक्मत महरा, क्रिस लिन, जोश ब्राउन, स्कट कुग्लेइन, हर्मीत सिंह छन् ।

पोखरा एभेन्जर्सको टिममा कुशल भुर्तेल, दिनेश खरेल, सागर ढकाल, आकाश चन्द, तृत राज दास, विपिन खत्री, किरण ठगुन्ना, अर्जुन कुमाल, सन्दिप क्षेत्री, कृष्ण पौडेल, अभिषेक तिवारी, एडम रोसिङटन, रेमन रेइफर, डान डौथवेइट, जिम्मी नीशम, जेसन रोय छन् ।

प्रकाशित मिति: शुक्रबार, मंसिर ५, २०८२  ११:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update