NRN
एनपिएल : आज लुम्बिनी र चितवन भिड्दै

नेपाल प्रिमियर लिग (एनपिएल) अन्तर्गत आज हुने खेलमा लुम्बिनी लायन्स र चितवन राइनोज भिड्दैछन् । 

मंसिर १ गतेदेखि सुरू भएको एनपिएल कीर्तिपुरस्थित टियु क्रिकेट मैदानमा नेपाली समय अनुसार बेलुकी ४ बजे शुरू हुनेछ ।

खेलको दोस्रो इनिङ फ्लडलाइटमा हुनेछ । प्रतियोगितामा लुम्बिनी लायन्सको पहिलो खेल हो भने चितवन राइनोजले दोस्रो खेल हो ।

मंगलबार भएको पहिलो खेलमा राइनोजले कर्णाली याक्सलाई ४ विकेटले हराएको थियो ।

कुशल मल्लको कप्तानीमा रहेको चितवनमा विपिन आचार्य, कमल सिंह ऐरी, दीपक बोहरा, रवि बोपारा, रिजन ढकाल, सौगात ढकाल, गौतम केसी, देव खनाल, रञ्जित कुमार, डेविड मलान, अल्पेश रामजानी, अमरसिं रटेउला, विपिन रावल (विकेटकिपर), अर्जुन साउद (विकेटकिपर), सोहेल तनवीर र सैफ जैब समावेश छन् । चितवन राइनोजको प्रशिक्षक कलाम अली हुन् । 

लुम्बिनीमा यसपालि कप्तान रोहितसँगै दिनेश अधिकारी, समीर अली, तिलकराज भण्डारी, थोमस ड्राका, अभिषेश गौतम, दुर्गेश गुप्ता, सन्दीप जोरा, आदिल खान, सुमित महर्जन, शेर मल्ल, गुलबदीन नाइब, दिलीप नाथ (विकेटकिपर), विशाल पटेल, डार्सी सर्ट, जेजे स्मिथ र रुबेन ट्रम्पलम्यान समावेश छन्  । टिमलाई भारतीय प्रशिक्षक टिनु योहान्ननले प्रशिक्षण दिँदै आएका छन् ।

प्रकाशित मिति: बिहीबार, मंसिर ४, २०८२  १२:१४
प्रतिक्रिया दिनुहोस्
Weather Update