NRN
हङकङ सुपर सिक्सेस : नेपाल अफगानिस्तानसँग पराजित

हङकङ  सिक्सेसको पहिलो खेलमा नेपाल पराजित भएको छ । शुक्रबार हङकङको मिसन ग्राउन्ड रोडमा अफगानिस्तानसँग नेपाल १७ रनले पराजित भएको हो ।

अफगानिस्तानले दिएको १ सय १३ रनको लक्ष्य पछ्याएको नेपालले निर्धारित ६ ओभरमा २ विकेटको क्षतिमा ९५ रन मात्र बनाउन सक्यो । 

कप्तान सन्दीप जोराले अर्धशत प्रहार गरेको खेलमा नेपालले २ विकेट गुमाएर ९५ रन, लोकेश बमले १० तथा रसिद खान र मोहम्मद आदिल आलमले ११/११ रन जोडेका थिए । 

पहिले ब्याटिङ गरेको अफगानिस्तानले निर्धारित ६ ओभरमा ५ विकेट गुमाउँदै ११२ रनको योगफल तयार पारेको थियो । 

अफगानिस्तानका लागि सिद्धिकउल्लाह उचाले ४३ रन, करिम जनतले ३५ रन, साफीले ३० र कप्तान गुलबदिन नइबले २० रनको योगदान गरे ।

बलिङतर्फ नेपालका रसिद खानले चार र लोकेश बमले एक विकेट लिए ।

यस संस्करणमा नेपाल समूह ‘ए’ मा छ । जसमा अफगानिस्तान र दक्षिण अफ्रिका पनि छन् । नेपालले दोस्रो खेल दक्षिण अफ्रिकासँग नोभेम्बर ८ मा खेल्नेछ । 

प्रकाशित मिति: शुक्रबार, कात्तिक २१, २०८२  ११:२९
प्रतिक्रिया दिनुहोस्
Weather Update