भारतीय महिला क्रिकेट टोलीले इतिहास रच्दै पहिलो पटक महिला एकदिवसीय विश्वकपको उपाधि हात पारेको छ ।
मुम्बईमा आइतबार राति भएको फाइनल खेलमा दक्षिण अफ्रिकलाई ५२ रनले हराएर भारतले इतिहास रचेको हो ।
भारतले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय लिएको थियो । पहिले ब्याटिङ गरेको भारतले ५० ओभरमा ७ विकेटको क्षतिमा २९८ रन जोडेको थियो ।
उसका लागि ओपनर सफाली वर्माले ८७ रनको इनिङ खेल्दा दिप्ती शर्माले ५८ रन तथा स्मृती मन्धनाले ५ रन बनाएकी थिइन् । त्यस्तै जेममा रोड्रिग्वेजले २४ रन बनाउँदा हर्मनप्रित कउरले २० तथा रिचा घोषले ३४ रन बनाइन् ।
जवाफमा दक्षिण अफ्रिका २ सय ४६ रनमा समेटियो । उसका लागि कप्तान तथा ओपनर लउरा वल्भर्टले १ सय १ रनको इनिङ खेल्दा उनले अर्को छेउबाट गतिलो साथ पाउन सकिन्न । उसका लागि दिप्ती शर्माले ५ विकेट लिंदा सफाली वर्माले २ र श्री चरानीले १ विकेट लिइन् ।
यो उपाधिसँगै भारतले महिला क्रिकेटमा नयाँ इतिहास रचेको छ । यसअघि भारत दुईपटक फाइनल पुगे पनि उपाधिबाट वञ्चित भएको थियो ।


