NRN
टी-२० विश्वकप छनोटको सुपर सिक्समा नेपालले ओमानसँग खेल्दै

आईसीसी टी–२० विश्वकप एसिया र इस्ट एसिया प्यासिफिक छनोटको सुपर सिक्समा नेपालले आज घरेलु टोली ओमानसँग प्रतिस्पर्धा गर्दैछन् ।

खेल ओमानको अल अमेरत क्रिकेट मैदानमा नेपाली समयअनुसार राति ८ः ४५ बजे सुरु हुनेछ ।

ओमानलाई हराए नेपाल टी- २० विश्वकपमा छनोट हुनेछ । यसअघिको दुई खेलमा नेपालले युएई, कतारलाई पराजित गरेको थियो ।

सुपर सिक्सका खेलहरू सकिएपछि शीर्ष तीन स्थानमा रहने टोलीहरू सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि छनोट हुनेछन् ।

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  १२:०७
प्रतिक्रिया दिनुहोस्
Weather Update