
एसिया कप क्रिकेटको फाइनल खेलमा आज भारत र पाकिस्तान प्रतिस्पर्धा गर्दैछन् ।
खेल युएईस्थित दुबई इन्टरनेसनल क्रिकेट स्टेडियममा नेपाली समयअनुसार बेलुकी सवा ८ बजेदेखि सुरु हुनेछ ।एसिया कप क्रिकेटको ४१ वर्ष लामो इतिहासमा पहिलोपटक भारत र पाकिस्तान उपाधिको लागि भिड्दैछन् ।
यसअघि समूह चरण र सुपर फोरमा गरी दुई पटक आमनेसामने हुँदा दुवैपटक भारतले पाकिस्तानलाई पराजित गरेको छ ।
यस संस्करणमा भारत अपराजित रहँदै फाइनल पुगेको हो ।
भारत (सम्भावित ११): अभिषेक शर्मा, शुभमन गिल, सूर्यकुमार यादव (कप्तान), तिलक वर्मा, सन्जु सामसन (विकेटकिपर), हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, कुलदीप यादव, वरुण चक्रवर्ती, जसप्रित बुमराह ।
पाकिस्तान (सम्भावित ११): शाहिबजादा फरहान, फखर जमन, सायम अयुब, हुसैन तलत, मोहम्मद नवाज, सलमान आघा (कप्तान), फहीम अशरफ, मोहम्मद हारिस (विकेटकिपर), शाहिन शाह अफ्रिदी, हारिस राउफ, अबरार अहमद ।