
भारतसँग हुने मैत्रीपूर्ण खेलका लागि अखिल नेपाल फुटबल संघ (एन्फा) ले प्रारम्भिक टोली घोषणा गरेको छ ।
शुक्रबार सार्वजनिक गरिएको टोलीमा न्यौपानेले पहिलो चरणमा ३५ जना खेलाडीलाई बन्द प्रशिक्षणमा बोलाएका छन् । भारतसँगको मैत्रीपूर्ण खेल आगामी अक्टोबर २६ मा सिक्किममा हुने तय भएको छ ।
एन्फाले बिहीबार मात्रै महिला टोलीको मुख्य प्रशिक्षकमा नवीन न्यौपानेलाई नियुक्त गरेको थियो । प्रारम्भिक टोलीमा नेपालको उमेर समूह (एज ग्रुप) बाट उदीयमान खेलाडीलाई समेत स्थान दिइएको छ ।
नेपाली राष्ट्रिय महिला फुटबल टोलीको प्रशिक्षक नियुक्त भएको भोलिपल्ट नवीन न्यौपानेले भातरविरूद्धको मैत्रीपूर्ण खेलका लागि प्रारम्भिक टोली घोषणा गरेका हुन् ।
टोलीमा अधिकांस अनुभवी खेलाडीले स्थान बनाउदा हिराकुमारी भुजेल र दीपा शाहीलाई पुनरागमन गर्ने मौका हुनेछ ।
यस्तै सुशीला चौधरी, लिला जोशी नेहा चौधरी, सेनु परियार, सुक्रिया मिया, पूर्णिमा राई, मिना देउवा र जेनिफर मगर जस्ता युवा खेलाडीलाई पनि मौका दिइएको छ ।
नेपाली टोली
गोलरक्षकः एन्जिला तुम्बाप्पो सुब्बा, अञ्जना राना मगर, उषा नाथ, सुशीला चौधरी, लीला जोशी ।
डिफेन्डरः निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाइ, प्रतिक्षा चौधरी, विमला विक, पूजा राना, अमृता जैसी, सजनी थोकर, हीराकुमारी भुजेल, नेहा कुमारी चौधरी ।
मिडफिल्डरः विमला चौधरी, अनिता बस्नेत, रेनुका नगरकोटे, प्रिती राई, सरु लिम्बु, सविता रानामगर, सरस्वती हमाल, चन्द्रा भण्डारी, अनिता केसी, हिमा राउत, दीपा शाही, तुलसा बोहोरा, सेनु परियार, सुक्रिया मिया ।
फरवार्डः रश्मी कुमारी घिसिङ, रेखा पौडेल, मिना देउवा, पूर्णिमा राई, जेनिफर मगर, सावित्रा भण्डारी ।