NRN
साफ यु-१७ महिला च्याम्पियनसिप : नेपालले आज बंगलादेशसँग खेल्दै

भुटानमा जारी साफ यू-१७ महिला च्याम्पियनसिपमा नेपालले आज तेस्रो खेल खेल्दैछ । आइतबार भुटानको चाङ्लिमिथाङ रंगशालामा खेल नेपाली समयअनुसार साँझ पौने ६ बजे सुरु हुनेछ ।

नेपालले यसअघिका दुई खेलमा एक जित र एक हार ब्यहोरेको छ । पहिलो खेलमा भारतसँग ७-० गोलले पराजित भएको नेपालले दोस्रो खेलमा आयोजक भुटानलाई २-१ गोलले पराजित गरेको थियो ।

प्रतियोगितामा आयोजक भुटान, नेपाल, भारत र बंगलादेश गरी चार टोलीले भाग लिएका छन् । आइबारपछि नेपालले अगस्ट २७ मा पुनः बंगलादेशसँग, अगस्ट २९ मा भारतसँग र अगस्ट ३१ मा भुटानसँग खेल्नेछ ।

नेपाली टोलीमा झरना डुम्राकोटी, लक्ष्मी ओली, गंगा गुरुङ, दिक्षा रायमाझी, सम्झना चन्द, अलिजा कुमारी विक, ज्ञान्सु डोल्मा लो, पूर्णिमा तादी, अनु माझी, मिनमाया श्रेष्ठ, अंशु विक, डिकी स्याङ्बो तामाङ, कृतिशा तामाङ, रबिना विक, सहारा लिम्बू, बब्तिका कार्की, भूमिका बुढाथोकी, अशिका कार्की, सिर्जना बडुवाल, अस्मिता मगर, यमकुमारी विक, अनिता राना मगर, दिक्षा रनपाल छन् ।

प्रकाशित मिति: आइतबार, भदौ ८, २०८२  ११:०५
प्रतिक्रिया दिनुहोस्
Weather Update