NRN
टप एन्ड टी–२० सिरिज : दुई खेल जितेको नेपाल आज पाकिस्तानीसँग भिड्दै

अस्ट्रेलियाको नर्दन टेरेटोरीमा जारी टप एन्ड टी-२० सिरिजमा नेपालले आज अन्तिम खेल पाकिस्तान शाहिन्ससँग खेल्दैछ ।

डार्बिनको मर्रारा क्रिकेट ग्राउन्ड-२ मा नेपाल र पाकिस्तान शाहिन्सबीच अपराह्न सवा ३ बजे खेल सुरू हुनेछ ।

नेपालले यसअघि नै खेलेको पाँच खेलमा दुई जित निकालेर ४ अंकसहित सातौं नम्बरमा छ । नेपाल घरेलु टोली नर्दन टेरेटोरी, बंगलादेश ए र मेलवर्न स्टार्स एकेडेमीसँग पराजित भएको थियो ।

यही वर्षको अक्टोबरमा ओमानमा हुने आइसिसी पुरूष टी-२० विश्वकपको एसिया तथा पूर्वी एसिया-प्रशान्त क्षेत्रको संयुक्त छनोट प्रतियोगिताको तयारीका लागि नेपाल अस्ट्रेलियामा गएको हो ।

यो सिरिजपछि नेपालले एक साता अस्ट्रेलियामा थप अभ्यास गर्नेछ ।

नेपाली टोलीः रोहित पौडेल (कप्तान), दीपेन्द्रसिंह ऐरि (उप-कप्तान), सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ सेख, कुशल मल्ल, गुलशन झा, आरिफ सेख, भीम सार्की, रुपेस कुमार सिंह, सोमपाल कामी, नन्दन कुमार यादव, करण के सी, रिजन ढकाल, लोकेस बम, साहब आलम ।

प्रकाशित मिति: शुक्रबार, भदौ ६, २०८२  ११:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update