NRN
दोस्रो सिजनको एनपिएल : आउँदो नोभेम्बर १७ देखि

नेपाल प्रिमियर लिग (एनपीएल) को दोस्रो संस्करण आउँदो नोभेम्बर १७ देखि हुने भएको छ ।

बिहीबार नेपाल क्रिकेट संघ (क्यान) ले विज्ञप्ति जारी गर्दै एनपीएलको दोस्रो सिजन २०२५ नोभेम्बर १७ देखि डिसेम्बर १३ सम्म हुने जानकारी दिइएको हो ।  यो सिजनको एनपिएल पनि कीर्तिपुरस्थित त्रिवि मैदानमा हुनेछ । 

एनपीएलका लागि खेलाडीको मिनी अक्सन सम्पन्न भइसकेको छ । यो सिजन पनि आठ टोलीले एनपिएलमा भाग लिनेछन् । त्यसका लागि टोलीहरुले ११-११ जना नेपाली खेलाडी भित्र्याइसकेका छन् । 

पहिलो सिजनको एनपिएल गत मंसिर १६ देखि पुस ६ गतेसम्म भएको थियो । 

प्रकाशित मिति: बिहीबार, भदौ ५, २०८२  १६:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update