यू-२० महिला एसियन कप छनोट : नेपालसंग साउदी अरेबिया पराजित

एएफसी यू-२० महिला एसियन कप छनोटको आफ्नो दोस्रो खेलमा नेपालले साउदी अरेबियालाई पराजित गरेको छ ।
भुटानको थिम्पुस्थित चाङलिमिथाङ स्टेडियममा भएको खेलमा नेपालले साउदी अरेबियालाई १-० गोल अन्तरले पराजित गर्यो ।
निर्धारित समय सकिनै लाग्दा ९० औं मिनेटमा शुक्रिया मियाँले ट्याप इन गोल गर्दै नेपाललाई जित दिलाइन् । उनले मिना देउवाको पासमा गोल गरिन् ।
नेपालले आफ्नो पहिलो खेलमा भुटानसँग १-१ गोलको बराबरी खेल्दै अंक बाँडेको थियो । साउदी अरेबियाले भने उत्तर कोरियासँग १५-० को फराकिलो हार बेहोरेको थियो ।
उत्तर कोरियासँग नेपालले खेल्न बाँकी छ । खेल आइतबार हुनेछ ।
प्रतियोगिताको हरेक समूहबाट समूहविजेता एसियन कपमा छनोट हुनेछन् भने ३ उत्कृष्ट उपविजेता पनि छनोट हुने प्रावधान छ ।
प्रकाशित मिति: शुक्रबार, साउन २३, २०८२ १६:१२
प्रतिक्रिया दिनुहोस्