NRN
साफ यू–२० महिला च्याम्पियनसिप : उपाधिका लागि नेपाल आज बंगलादेशसँग भिड्दै

दक्षिण एसियाली फुटबल महासंघ (साफ) यू-२० महिला च्याम्पियनसिपमा नेपालले आज बंगलादेशसँग खेल्दैछ ।

खेल बंगलादेशको ढाकास्थित किङ्स एरेनामा सोमबार नेपाली समयअनुसार साँझ ६:४५ बजेबाट सुरु हुनेछ ।

यसअघि नेपालले भुटानलाई पहिलो खेलमा ६-१ र दोस्रो खेलमा ८-० गोलले हराएको थियो । यस्तै नेपालले श्रीलंकालाई दुवै खेलमा ७-० गोलले हराएको थियो ।

बंगलादेशविरूद्ध भने नेपाल ३-२ गोलले पराजित भएको थियो । बंगलादेशले सबै ५ खेलमा जित हासिल गर्दै १५ अंकसहित शीर्ष स्थानमा रहेको छ ।

नेपालले भने ४ जित र १ हारसहित १२ अंक जोडेर दोस्रो स्थानमा छ । 

प्रकाशित मिति: सोमबार, साउन ५, २०८२  १२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update