NRN
साम्बाले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने

नेपाल महिला फुटबल टोलीकी कप्तान सावित्रा भण्डारी (साम्बा) ले अस्ट्रेलियाको निन्जा ए–लिग खेल्ने भएकी छन् । 

साम्बाले आगामी दुई सिजन (२०२५-२६) का लागि वेलिङटन फोनिक्ससँग सम्झौता गरेकी हुन्।

साम्बाले यसअघि फ्रान्सको एन अभान्ट गुइनगाम्पबाट खेल्दै आएकी थिइन् । उनले सामाजिक सन्जालमार्फत आजै गुइनगाम्पसँग अलग भएको घोषणा गर्दै क्लबलाई २ वर्षको सहयात्राका लागि धन्यवाद पनि दिएकी छन् ।

साम्बासंग इजरायलदेखि भारत, माल्दिभ्ससम्म लिग खेलेको अनुभव छ ।

उनले हालैको एएफसी महिला एशियन कप छनोटमा लगातार दुई खेलमा ह्याट्रिकसहित कुल ९ गोल गरेकी थिइन् ।

भारतको महिला सुपर लिगमा २४ खेलमै ६० भन्दा बढी गोल गरेपछि सावित्राले फ्रेन्च क्लब एन अभेन्ट गुइनगाम्पमा खेल्दै युरोपको शीर्ष लिगमा खेल्ने र गोल गर्ने पहिलो नेपाली खेलाडीको इतिहास बनाएकी थिइन् ।

प्रकाशित मिति: बिहीबार, साउन १, २०८२  १३:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update