एएफसी क्वालफायर खेलेर स्वदेश फर्कियो नेपाली महिला टोली

नेपाली राष्ट्रिय महिला फुटबल टोली सोमबार स्वदेश फर्किएको छ । एएफसी एसियन कप छनोटका निम्ति उज्वेकिस्तान पुगेको नेपाली टोली आज स्वदेश फर्किएको हो ।
सोमबार बिहान स्वदेश फर्किएको नेपाली टोलीलाई त्रिभुवन विमानस्थलमा अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई, प्रवक्ता सुरेश शाह लगायतले स्वागत गरेका थिए ।
छनोटअन्तर्गत निर्णायक खेलमा घरेलु टोली उज्बेकिस्तानसँग टाइब्रेकरमा पराजित भएपछि अर्को वर्ष मार्चमा अष्ट्रेलियामा हुने महिला एसियन कपमा छनोट हुन सकेन ।
नेपालले लाओसलाई ९–० र श्रीलंकालाई ८–० ले पराजित गरेको थियो । तर अन्तिम खेलमा उज्बेकिस्तानसँग भने नेपाललाई भाग्यले साथ दिएन ।
प्रकाशित मिति: सोमबार, असार २३, २०८२ १२:५६
प्रतिक्रिया दिनुहोस्