NRN
यू-१६ इस्ट जोन कप : नेपालले उपाधीका लागि सिंगापुरसँग भिड्ने

एसिसी मेन्स यू-१६ इस्ट जोन कपको उपाधिका लागि नेपाल र सिंगापुरबीच प्रतिस्पर्धा हुने भएको छ । फाइनल खेल आगामी शनिबार हुनेछ ।

दुवै टोलीले बिहीबार आ-आफ्ना सेमिफाइनलका खेल जित्दै उपाधि भिडन्त पक्का गरेका हुन् । 

नेपालले बिहीबार विहान सकिएको सेमिफाइनलमा घरेलु टोली मलेसियामाथि ९ विकेटको सानदार जित निकालेको थियो । सिंगापुरले हङकङलाई ४ विकेटले पराजित गर्दै नेपालसँगको उपाधि भिडन्त पक्क गरेको हो । 

नेपाल समूह ए को विजेता र सिंगापुर उपविजेताको रुपमा सेमिफाइनलमा पुगेका थिए । समुह ए का दुई टोलीले फाइनलमा स्थान बनाएसँगै समुह बी का दुवै टोली अन्तिम चारबाटै बाहिरिएका छन् ।

प्रकाशित मिति: बिहीबार, असार १९, २०८२  १५:३३
प्रतिक्रिया दिनुहोस्
Weather Update