
एएफसी वुमन्स एसियन कप २०२६ को छनोटको आफ्नो दोस्रो खेलमा नेपालले श्रीलंकासँग प्रतिस्पर्धा गर्दैछ ।
उज्बेकिस्तानको तास्केन्तस्थित बुनयोदकोर स्टेडियममा जारी खेल आज नेपाली समय अनुसार साँझ सवा ६ बजेदेखि सुरु हुनेछ ।
छनोटमा यसअघि नेपालले पहिलो खेलमा लाओससँग खेलेको थियो । सावित्रा भण्डारी साम्बाले पहिले पटक कप्तानी गरेको सो खेलमा नेपालले लाओसलाई ९-० गोलले पराजित गरेको थियो ।
नेपालका लागि कप्तान साम्बाले पाँच गोल गरेकी थिइन् । यता पहिलो खेलमा श्रीलंकाले भने आयोजक उज्वेकिस्तानसँग १०-० गोललेको हार ब्यहोरेको थियो ।
सन् २०१० यता नेपाल र श्रीलंकाबीच ८ खेल भएका छन् । आठै खेलमा नेपाल विजयी भएको छ ।
फिफा वरियतामा नेपाल १००औँ तथा श्रीलंका १५९औँ स्थानमा छन् । समूहको शीर्ष टोली मात्र अर्को वर्ष अस्ट्रेलियामा हुने एसियन कपमा पुग्नेछ ।
समूह एफमा नेपाल उज्बेकिस्तान, लाओस र श्रीलंका छन् ।