
मलेसियामा भइरहेको एसिसी मेन्स यू-१६ इस्ट जोन कप २०२५ अन्तर्गत समूह ‘ए’ को अन्तिम खेलमा नेपालले भुटानविरूद्ध ३५८ रन बनाएको छ।
टस जितेर पहिले ब्याटिङ गरेको नेपालले ५ विकेटको क्षतिमा ३५८ रन जोडेको हो ।
नेपालका लागि रौनक श्रीवास्तावले शतक प्रहार गरे । उनले अन्तिम ओभरमा आउट हुनुअघि १३२ बलमा १६ चौका र ५ छक्काको मद्दतमा १६८ रन बनाए । जय थापाले नटआउट ६१ रन बनाए ।
त्यसअघि ओपनरद्वय परिमार्जन यादव २ रन र प्रसिद्ध जैशी ७ रनमा आउट भएका थिए । त्यसपछि शिवान्स बजाइले रनआउट हुनुअघि ५४ रन बनाए भने सुगम बुढाथोकीले ३५ रनको योगदान दिए ।
यसअघि नेपालले लगातार तीन खेल जितेर सेमिफाइनलमा स्थान बनाइसेको छ । नेपालले पहिलो खेलमा सिंगापुर र दोस्रो खेलमा जापानमाथि सहज जित निकालेको थियो।
नेपालले समिफाइनलमा घरेलु टोली मलेसियासँग खेल्नेछ । अर्को खेलमा समूह बीको विजेता हङकङ र समूह एको उपविजेता सिंगापुरबीच खेल हुनेछ ।