टी-२० त्रिकोणात्मक सिरिज : नेपाल र स्कटल्याण्ड आज अन्तिम खेल खेल्दै

स्कटल्यान्ड भ्रमणमा रहेको नेपाली राष्ट्रिय क्रिकेट टोलीले आज घरेलु टोलीविरुद्ध खेल्दै टी–२० आई त्रिकोणात्मक सिरिजको अन्त्य गर्दैछ । स्कटल्यान्डको ग्लास्गोमा हुने खेल शुक्रबार राति पौने ८ बजे सुरु हुनेछ ।
सिरिजका यसअघिका तीन खेलमा नेपालले दुई जित निकालेको छ भने स्कटल्यान्ड एक खेलमा मात्र विजयी भएको छ । सिरिजमा नेदरल्यान्डले आफ्ना चारै खेल खेल्दा दुई खेलमा विजयी भएको छ ।
अन्तिम खेलअघि नेपाल चार अंक जोडेर शीर्ष स्थानमा छ । दोस्रो स्थानको नेदरल्यान्ड्सको पनि चार अंक नै छ। स्कटल्यान्ड दुई अंक जोडेर तेस्रो स्थानमा छ ।
प्रकाशित मिति: शुक्रबार, असार ६, २०८२ १२:३७
प्रतिक्रिया दिनुहोस्