NRN
त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दै

त्रिकोणात्मक टी-२० सिरिजको पहिलो खेलमा नेपाल आज नेदरल्यान्ड्ससँग खेल्दैछ ।  

हिजोबाट शुरू भएको नेपाल, स्कटल्याण्ड र नेदरल्याण्ड्स सम्मिलित सिरिजमा आज नेपाल नेदरल्याण्ड्ससँग खेल्दै सुरुवात गर्न लागेको हो ।

खेल स्कटल्याण्डको ग्लासग्लोस्थित तितवूड मैदानमा बेलुका पौने ८ बजेदेखि सुरु हुनेछ ।

सिरिजको उद्घाटन खेलमा आइतबार आयोजक स्कटल्यान्डले नेदरल्यान्ड्सलाई ३९ रनले हराएको थियो ।

टी-२० सिरिजका लागि नेपाल क्रिकेट सङ्घ (क्यान) रोहित पौडेलको कप्तानीमा आशिफ शेख, कुशल भुर्तेल, अनिल साह, भीम सार्की, बसिर अहमद, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, करण केसी, ललित राजवंशी, नन्दन यादव, रिजन ढकाल, किरन ठगुन्ना, लोकेश बम र रुपेश सिंह, आरिफ शेख गरी नेपाली १६ सदस्यीय टोली रहेका छन् । 

प्रकाशित मिति: सोमबार, असार २, २०८२  ११:३७
प्रतिक्रिया दिनुहोस्
Weather Update