NRN
आइसिसी विश्वकप क्रिकेट लिग–२ मा नेपाल र नेदरल्याण्ड्सबीच प्रतिस्पर्धा हुँदै

आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय शृंखलाको आफ्नो चौथो तथा अन्तिम खेल नेपालले मंगलबार नेदरल्याण्ड्ससँग खेल्दैछ ।

स्कटल्याण्डको डुन्डेस्थित फोर्टहिल क्रिकेटमैदानमा खेल नेपाली समयानुसार दिउँसो ३ः४५ बजेदेखि सुरु हुनेछ ।

नेपाल १५ खेलमा १० अंकका साथ लिगको सातौं स्थानमा छ । नेदरल्याण्ड्स २२ खेलमा २६ अंकसहित दोस्रो स्थानमा छ ।

विभिन्न आठ टोली सहभागी लिग–२ सन् २०२७ सम्म चल्नेछ । यस लिगको अन्तिममा शीर्ष चारमा रहने टोलीले विश्वकपको ग्लोबल छनोटमा सिधै स्थान बनाउने छ । पुछारमा रहने ४ टोलीले भने विश्वकप छनोट प्लेअफ खेल्नुपर्ने छ ।

नेपाली टोलीमा कप्तान  रोहितकुमार पौडेल, उपकप्तान  दीपेन्द्रसिंह ऐरी, आसिफ शेख, अनिलकुमार शाह,  बसीर अहमद, सन्दीप लामिछाने, सोमपाल कामी, करण केसी, कुशल भुर्तेल, भीम सार्की, आरिफ शेख, गुलशन झा, नन्दन यादव, रिजन ढकाल र ललितनारायण राजवंशी छन् ।

प्रकाशित मिति: मंगलबार, जेठ २७, २०८२  १४:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update