NRN
नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै

नेपाली राष्ट्रिय फुटबल टिमले आज हङकङसँग मैत्रीपूर्ण खेल खेल्दै छ । खेल हङकङको हङकङ नेसनल स्टेडियममा आज साँझ ५:४५ मा सुरु हुने छ ।

हङकङ १५३ औं स्थानमा रहँदा नेपाल भने १७५औं स्थानमा रहेको छ ।

आगामी जुन १० मा सुरु हुन लागेको एएफसी एसियन कप छनोटको खेल खेल्नुअघि नेपाल र हङकङले तयारी स्वरुप मैत्रीपूर्ण खेल खेल्न लागेका हुन् । छनोटको समूह एफमा रहेको नेपालले यही जुन १० मा लाओससँग अवे खेल खेल्दैछ ।

यसअघि सन् १९८८ मा एएफसी एसियन कप छनोटमा हङकङसँग खेलेको नेपालले आज ३७ वर्षपछि प्रतिस्पर्धा गर्न लागेको हो ।

नेपाली टोलीमा अभिषेक लिम्बु, अनन्त तामाङ, अञ्जन विष्ट, अरिक विष्ट, आयुष घलान, विमल पाण्डे, विशाल सुनार, दीप कार्की,  गिलेस्प्ये जंग कार्की, किरण चेम्जोङ, कृतिश रत्न छिन्जु, कुशल देउवा, मनिश कुमार, मनिष कुमार, लिम्बु, लकेन लिम्बु, रोहन कार्की, सनिश श्रेष्ठ, सृजनराज गौतम, सुमन श्रेष्ठ, सुमित श्रेष्ठ, सुवास ठकुरी बम, योगेश गुरुङ छन् ।

प्रकाशित मिति: बिहीबार, जेठ २२, २०८२  १३:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update