आईसीसी विश्वकप लिग–२ मा आज नेदरल्याण्ड्ससँग प्रतिस्पर्धा गर्दै नेपाल

स्कटल्याण्डमा जारी आईसीसी क्रिकेट विश्वकप लिग २ को एकदिवसीय शृंखलामा नेपालले आज आफ्नो दोस्रो खेल नेदरल्याण्ड्ससँग खेल्दैछ ।
खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि स्कटल्याण्डको डुन्डीमा सुरु हुनेछ । नेपालले शृङ्खलाको पहिलो खेलमा स्कटल्याण्डलाई एक विकेटले हराउँदै रोमाञ्चक जित निकालेको थियो ।
८ टोली सहभागी लिग–२ को अंकतालिकामा २० खेल खेलेको अमेरिका २८ अंकसहित शीर्षस्थानमा छ । २० खेलबाट २६ अंक भएको नेदरल्याण्ड्स दोस्रो स्थानमा छ भने ओमान २४ अंकसहित तेस्रो स्थानमा छ ।
त्यस्तै, नामिबिया १४ अंकका साथ छैटौँ स्थानमा छ भने नेपाल १३ खेलमा ८ अंक जोडेर सातौं स्थानमा छ ।
प्रकाशित मिति: बुधबार, जेठ २१, २०८२ १२:००
प्रतिक्रिया दिनुहोस्