
स्कटल्याण्डमा सोमबारदेखि आईसीसी क्रिकेट विश्वकप लिग २ क्रिकेटअन्तर्गत स्कटल्याण्ड, नेपाल र नेदरल्याण्ड्सबीचको एकदिवसीय शृंखला सुरु हुँदैछ ।
शृंखलाको पहिलो खेलमा नेपालले सोमबार नै स्कटल्याण्डसँग खेल्दै छ । खेल नेपाली समयअनुसार अपरान्ह पौने ४ बजेदेखि फोर्थहिल डुन्डीमा सुरु हुनेछ ।
नेपालले सिरिजको दोस्रो खेल जुन ४ मा नेदरल्याण्ड्ससँग खेल्नेछ । जुन ८ मा पुनः स्कटल्याण्डसँग र जुन १० मा नेदरल्याण्ड्ससँग खेल्नेछ ।
अहिलेसम्म खेलेका १२ मध्ये २ खेल मात्रै जितेर लिग-२ को अंक तालिकामा नेपाल आठौं स्थानमा छ ।
२० खेल खेलिसकेको अमेरिका २८ अंक जोडेर शीर्षस्थानमा छ । २६ अंक जोडेको नेदरल्याण्ड्स दोस्रो र ओमान २४ अंकसहित तेस्रो स्थानमा छ ।
चौथो स्थानको स्कटल्याण्डले २० अंक जोडेको छ । समान अंकसहित क्यानडा पाँचौं स्थानमा छ ।खेल्नेछ।
लिग-२ को खेल जेठ १९ देखि हुनेछ भने टी-२० सिरिज असार २ देखि सुरु हुनेछ ।
नेपाली टोलीमा रोहित पौडेल (कप्तान), दीपेन्द्र सिंह ऐरि (उप-कप्तान), आसिफ सेख (विकेट किपर), कुशल भुर्तेल, अनिल साह, आरिफ सेख, भीम सार्की, बसिर अहमद, गुलशन झा, ललित नारायण राजवंशी, सन्दीप लामिछाने, सोमपाल कामी, नन्दन यादव, कारण केसी, रिजन ढकाल छन् ।