आइपिएलको इलिमिनेटरमा मुम्बई र गुजरात भिड्दै

जारी आइपिएलको आज इलिमिनेटरको खेल हुदैछ । पञ्जावको मुहालीमा मुम्बई इण्डियन्स र गुजरात टाइटन्सबीच यो खेल नेपाली समय अनुसार ७: ४५ बजेदेखि शुरु हुनेछ ।
गुजरात र मुम्बई अंक तालिकामा तेस्रो र चौथो भएपछि इलिमिनेटर खेल्न लागेका हुन् । जारी आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलुरु पञ्जावलाई हराउदै फाइनलमा पुगेको छ ।
यस खेलको विजेताले दोस्रो क्वालिफायरमा पञ्जाव किंग्सको सामना गर्ने छ भने हार्ने टिमको आइपिएल यात्रा टुंगिने छ ।
यस आइपिएलको लिग चरणमा मुम्बई र गुजरातबीच भएको खेलमा गुजरातले ३ विकेटको जित हासिल गरेको थियो ।
प्रकाशित मिति: शुक्रबार, जेठ १६, २०८२ १३:४३
प्रतिक्रिया दिनुहोस्