
थाइल्यान्डविरुद्धको मैत्रीपूर्ण खेलका लागि २३ सदस्यीय टोली नेपाली महिला फुटबल टिमको घोषणा भएको छ । मुख्य प्रशिक्षक राजेन्द्र तामाङले शुक्रबार अन्तिम टोली घोषणा गरेका हुन् ।
दुवै खेल नेपालले एएफसी महिला एसियन कप अष्ट्रेलिया २०२६ छनोट प्रतियोगिताको तयारीका लागि खेल्न लागेको हो ।
छनोट जुन ४ देखि सुरु हुँदैछ । छनोट प्रतियोगितामा नेपाल समूह 'एफ' मा छ । समूहमा नेपालले आयोजक उज्वेकिस्तान, लाओस र श्रीलंकासँग प्रतिस्पर्धा गर्नेछ ।
नेपालले बैंककमा दुई खेल खेल्ने तालिका रहेको छ । पहिलो खेल मे ३० मा बन्द रंगशालामा हुनेछ । जुन २ मा हुने खेल अन्तर्राष्ट्रिय मैत्रीपूर्ण हो ।
नेपाली टोली
गोलकिपर: अन्जिला तुम्बापो सुब्बा (कप्तान), अञ्जना राना मगर, उषा नाथ
डिफेन्डर: अमृता जैशी, गीता राना, विमला विक, पूजा राना, निशा थोकर, समीक्षा घिमिरे, मनमाया दमाई
मिडफिल्डर: अनिता बस्नेत, विमला चौधरी, रेनुका नगरकोटी, प्रीति राई, सरु लिम्बु, सविता राना मगर, सरस्वती हमाल, सुष्मा तामाङ
फरवार्ड: साबित्रा भण्डारी, रश्मी कुमारी घिसिङ, चन्द्रा भण्डारी, अनिता केसी, रेखा पौडेल