
आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटको सुपर ३ अन्तर्गत थाइल्याण्डसँगको अन्तिम खेलमा नेपालले फराकिलो हार बेहोरेको छ । थाइल्यान्डले नेपाललाई ७८ रनले पराजित गरेको हो ।
थाइल्यान्डले दिएको १५९ रनको लक्ष्य पछ्याएको नेपालले २० ओभरमा ९ विकेटको ८० क्षतिमा रन बनायो ।
नेपालका लागि कविता कुँवरले २४ रन, राजमति ऐरीले नटआउट २० रन र रुबिना क्षेत्रीले १२ रन बनाए । अरु ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।
थाइल्यान्डकी ओनिचाले ह्याट्रिकसहित ४ विकेट लिइन् । उनले १९औं ओभरमा रोमा थापा, इश्वरी विष्ट र रिया शर्मालाई लगातार आउट गरेर ह्याट्रिक पूरा गरिन् ।
मंगलबार विहान टस जितेको नेपालले फिल्डिङ रोजेपछि पहिले ब्याटिङ गरेको थाइल्यान्डले २ विकेटको क्षतिमा १५८ रन बनायो ।
थाइल्यान्डका लागि ओपनर नतायाले ५० रन बनाउने क्रममा ४२ बल खेलेर ५ चौका प्रहार गर्न सफल भइन् ।अर्की ओपनर अपिसाराले २९ रन बनाउँदा ननापतले नटआउट ५० रनको जोडिन् ।
नेपालका मनिषा उपाध्याय र राजमति ऐरीले १-१ विकेट लिए ।
यसअघि सोमबार सुपर-३ को खेलमा नेपालले युएईलाई ५ विकेटले पराजित गर्दै विश्वकपको विश्व छनोटमा स्थान पक्का गरेको थियो ।