NRN
यूएईलाई पाँच विकेटले हराउँदै नेपाल विश्वकप ग्लोबल छनोटमा

आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर-३ को खेलमा युएईलाई ५ विकेटले पराजित गर्दै नेपाल विश्व छनोटमा पुगेको छ ।

सोमबार थाइल्यान्डमा भएको खेलमा नेपालले खेलमा जित निकालेपछि सुपर-३ को शीर्ष दुई स्थान पक्का गरेको हो । यससँगै नेपाली महिला क्रिकेट टोलीले पहिलो पटक विश्व छनोट खेल्न भएको हो ।

जितकालागि युएईले दिएको ११५ रनको लक्ष्य नेपालले १९.३ ओभरमा ५ विकेट गुमाएर भेट्टायो । थाइल्याण्डको टेर्डथाइ क्रिकेट मैदानमा टस हारेर ब्याटिङ गरेको यूएईले निर्धारित २० ओभरमा ७ विकेट गुमाउँदै १ सय १४ रन बनायो ।

यूएईका लागि कप्तान इशा ओजाले सर्वाधिक ३९ रन बनाइन् । उनले ३९ बलको सामना गर्दै १ छक्का र २ चौकाको मद्दतमा ३९ रन बनाएकी हुन् ।

यस्तै अर्की ओपनर तीर्था सतिशले २१ रन बनाइन् । यस्तै लावन्य केनीले १२ रन बनाउँदा हिना होच्दानी २० रनमा आउट भइन् । 

नेपालकी मनिशा उपाध्यायले चार विकेट लिइन् भने कविता कुँवरले २ तथा राजमती ऐरीले एक विकेट लिए ।  

प्रकाशित मिति: सोमबार, जेठ ५, २०८२  १२:३८
प्रतिक्रिया दिनुहोस्
Weather Update