NRN
महिला टी-२० विश्वकप छनोट : नेपाल हङकङसँग ७ विकेटले पराजित

आईसीसी महिला टी-२० विश्वकप एसिया छनोटमा मंगलबार भएको खेलमा नेपाल हङकङसँग ७ विकेटले पराजित भएको छ ।

समूह सी मा नेपालको यो पहिलो हार हो भने हङकङको पहिलो जित हो ।

वेटआउटफिल्डका ५ ओभरमा छोट्याइएको खेलमा नेपालले दिएको ३० रनको लक्ष्य हङकङले ४.३ ओभरमा ३ विकेट गुमाएर पूरा गर्‍यो ।

हङकङका लागि ओपनर शानजिन शाहजादले अविजित रहँदै १५ रन जोडिन् । १२ बल खेलेकी उनले १ छक्का पनि प्रहार गरिन् । मारिको हिलले ११ बलमा ११ रन बनाइन् ।

नेपालका लागि कविता कुँवरले १.३ ओभरमा ५ रन खर्चेर २ विकेट लिइन् । पुजा महतो महँगो बलर बनिन् । उनले २ ओभरमा १९ रन खर्चिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गथरेको नपालले ३ विकेट गुमाए २९ रन बनाएको हो ।

नेपालका लागि ओपनर सम्झना खड्काले ७ बल खेल्दै १ चौका मदतमा  सर्वाधिक १० रन बनाइन् । कप्तान इन्दु वर्माले १० बलमा अविजित ९ रन जोडिन् ।

हङकङका लागि अलिसन सिउले २ ओभरमा ११ रन खर्चेर ३ विकेट लिइन् ।

जितपछि हङकङ ३ खेलबाट ४ अंक जोडेर समूहको शीर्ष स्थानमा उक्लेको छ भने समान खेलबाट ३ अंकसहित नेपाल दोस्रो स्थानमा छ । 

नेपालले अब बिहीबार बहराइनसँग खेल्नेछ भने हङकङ र बहराइनबीचको खेल शुक्रबार हुनेछ ।

प्रकाशित मिति: मंगलबार, वैशाख ३०, २०८२  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update