
बुधबार नेप्से परिसूचक उच्च अंकले बढेको छ । नप्से ६२.२५ अंकले बढेर २६७३.६९ विन्दुमा बन्द भएको छ ।यसदिन कारोबार रकम पनि बढेको छ ।
मंगलबार आठ अर्ब ७४ करोड रूपैयाँको सेयर कारोबार भएकोमा बुधबार १० अर्ब ५१ करोडको कारोबार भएको छ ।अघिल्लो दिनको तुलनामा कारोबार रकम १ अर्ब ७७ करोड रूपैयाँ वृद्धि भएको हो ।
आज ३०८ वटा धितोपत्रको दुई करोड ७२ लाख ४५ हजार ४५९ कित्ता सेयर किनबेच भएको छ ।
बुधबार २२७ कम्पनीको सेयर मूल्य बढेको छ भने १८ वटाको घटेको छ । यस्तै एउटा कम्पनीको मूल्य स्थिर रहेको छ ।
यसदिन पाँच कम्पनीको मूल्य सर्किट लेभलमा बढेको छ । नेपाल माइक्रो इन्स्योरेन्स र क्रेस्ट माइक्रो लाइफ इन्स्योरेन्सको मूल्य १० प्रतिशत, बुटवल पावर कम्पनी र ओम मेगाश्री फर्मास्युटिकल्सको मूल्य ९.९९ प्रतिशत र पिपुल्स हाइड्रोपावरको मूल्य ९.९८ प्रतिशतले बढेको छ ।
बुधबार न्यादी हाइड्रोपावरको मूल्य सर्वाधिक ४.४३ प्रतिशतले घटेको छ । यस्तै, लक्ष्मी भ्यालु फण्डको मूल्य ३.०२ प्रतिशतले घटेको छ ।
बुधबार सानिमा माइ हाइड्रोपावरको सर्वाधिक कारोबार भएको छ । सर्वाधिक सेयर खरिद–बिक्री हुने दोस्रो कम्पनीमा ङादी ग्रुप पावर रहेको छ ।
आज कारोबारमा आएका १३ वटा समूहगत परिसूचकमध्ये सबै समूहको परिसूचक बढ्दा समग्र नेप्से बढेको हो ।यसदिन वित्त समूहको परिसूचक सर्वाधिक ५.५५ प्रतिशतले बढेको छ ।